logo

दाङलाई प्रदेश ५ को राजधानी बनाउन पहल गर्छु : प्रचण्ड

    1079   पटक पढिएको

२० कात्तिक / अर्थ र व्यापार 

 पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले दाङलाई प्रदेश ५ को केन्द्र बनाउन पहल गर्ने बताएका छन् ।  राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकाले प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने उनको भनाइ छ ।

‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्वपूर्ण जिल्लाको रुपमा उभिएर आउँछ भन्ने मेरो विश्वास छ’, दाङमा बुधबार बिहान सञ्चारकर्मीसँग प्रचण्डले भने, ‘ मैले त्यसको निम्ति आफ्नो ठाउँबाट हिजो पनि पहल गर्दै आइको थिएँ र भोलि पनि गर्नेछु । ’

प्रदेशको राजधानी टुंगो लागिसकेपछि विकास प्रक्रियाले गति लिने बताउँदै प्रचण्डले अगाडि थपे, ‘दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण भएर आउँछ भन्ने विश्वास छ र हाम्रो तर्फबाट त्यो कोसिस भई नै राखेको छ ।’ दाङ पुग्दा आफूलाई न्यानो अनुभूति हुने गरेको भन्दै प्रचण्डले विकासमा दाङले फड्को मारेकोमा प्रसन्नता व्यक्त गरे ।

हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवल छ । प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल दाङबासी हुन् । तर, प्रदेश राजधानी दाङमा ल्याउन नसकेको भन्दै दाङबासीले नेताहरुको आलोचना गर्दै आएका छन् ।
उपनिर्वाचनतिर सरकारको ध्यान गएको भन्दै उनले चुनाव सफल बनाउनुपर्ने बताए । ‘उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ’, उनले भने, ‘सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’ प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिलाई लिएर अनेक क्रिया–प्रतिक्रिया उब्जिरहेका बेला उनले यसलाई स्वभाविक प्रक्रिया भएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।