logo

प्रधानमन्त्री र एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीबीच भेट

    2050   पटक पढिएको


२५ मंसिर/अर्थ र व्यापार– प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बालुवाटारमा बोलाएर बधाई दिएका छन् ।

भेटमा प्रधानमन्त्री ओलीले एफएनसीसीआई, सिएनआई र चेम्बर फरक फरक रुपमा हिडिरहेका भन्दै व्यवसायिक संस्था एकीकृत भएर अगाडि बढ्न सुझाब पनि दिए ।

बुधवार बेलुका भएको भेटमा प्रधानमन्त्री ओलीले कोरोनाको असहज अवस्थामा पनि व्यवस्थित रुपमा चुनाब सम्पन्न गरेकोमा महासंघलाई बधाई दिएका छन् ।

एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमा बन्नसक्ने वस्तुहरुको यही उत्पादन गरि स्वदेशी उद्योग प्रवर्द्धनका लागि सबै सहयोग गर्न सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले महासंघमा वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधानलाई परिवर्तन गरेर अध्यक्षमा निर्वाचन गर्ने प्रणालीलाई ल्याउँदा उपयुक्त हुने कुरा बताए । तर दुई कार्यकाल पछि मात्रै गर्ने गरि विधान संशोधन गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीसंगको भेटमा महासंघ अध्यक्ष शेखर गोल्छाले व्यवसायिक वातावरण र लगानी सुरक्षामा विशेष ध्यान दिन प्रधानमन्त्रीसंग आग्रह गरेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।