logo

प्रधानमन्त्री र एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीबीच भेट

    1932   पटक पढिएको


२५ मंसिर/अर्थ र व्यापार– प्रधानमन्त्री केपीशर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बालुवाटारमा बोलाएर बधाई दिएका छन् ।

भेटमा प्रधानमन्त्री ओलीले एफएनसीसीआई, सिएनआई र चेम्बर फरक फरक रुपमा हिडिरहेका भन्दै व्यवसायिक संस्था एकीकृत भएर अगाडि बढ्न सुझाब पनि दिए ।

बुधवार बेलुका भएको भेटमा प्रधानमन्त्री ओलीले कोरोनाको असहज अवस्थामा पनि व्यवस्थित रुपमा चुनाब सम्पन्न गरेकोमा महासंघलाई बधाई दिएका छन् ।

एफएनसीसीआईका नवनिर्वाचित पदाधिकारीसंग कुरा गर्दै प्रधानमन्त्री ओलीले स्वदेशमा बन्नसक्ने वस्तुहरुको यही उत्पादन गरि स्वदेशी उद्योग प्रवर्द्धनका लागि सबै सहयोग गर्न सरकार तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले महासंघमा वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधानलाई परिवर्तन गरेर अध्यक्षमा निर्वाचन गर्ने प्रणालीलाई ल्याउँदा उपयुक्त हुने कुरा बताए । तर दुई कार्यकाल पछि मात्रै गर्ने गरि विधान संशोधन गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्रीसंगको भेटमा महासंघ अध्यक्ष शेखर गोल्छाले व्यवसायिक वातावरण र लगानी सुरक्षामा विशेष ध्यान दिन प्रधानमन्त्रीसंग आग्रह गरेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।