logo

साना जहाजबाट मात्रै उडान गर्न हवाई सेवा प्रदायकलाई प्राधिरकणको आग्रह 

    1992   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार– पिच उप्किने समस्या दोहोरिन थालेपछि नेपाल नागरिक उड्डयन प्राधिरकणले अन्तर्रा्ष्ट्रिय हवाई सेवा प्रदायक कम्पनीहरुलाई साना जहाज मात्रै नेपाल ल्याउन आग्रह गरेको छ । 

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको धावनमार्गको पिचमा पटक पटक समस्या देखिन थालेपछि प्राधिरकणले साना जहाजमार्फत उडान गर्न हवाई सेवा प्रदायकलाई भनेको हो।  

बुधबार प्राधिकरण, विमानस्थल र अन्तर्रा्ष्ट्रिय वायुसेवा सञ्चालक संघबीचको छलफलमा प्राधिकरणले धावनमार्गको पुनर्निर्माण नहुदासम्म साना जहाज मात्रै ल्याउन भनेको आग्रह गरेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका प्रमुख इन्जिनीयर मुरारी भण्डारीले जानकारी दिए। 

अहिले ठूला जहाजको अधिक उडान अवतरण भइरहेको कारणले धावनमार्गको दैनिक उडान अवतरण दबाब थेग्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए । 

विमानस्थल र प्राधिकरणले ठुलाको साटो सानो जहाज ल्याउन अनुरोध गरेपछि उडान तथा अवतरण तालिकासमेत परिवर्तनको तयारी थालिएको छ ।

भण्डारीका अनुसार सन् २०११ बाट ठूला जहाजको संख्या बढेसँगै पिच उप्कने समस्या दखिँदै आएको छ । प्राधिकरणले स्थानीय परामर्शदातालाई बोलाएर अध्ययन गराउँदा धावनमार्ग मुनीको संरचनादेखि पिचसम्म पूर्ण रुपमा पुनर्निर्माण गर्नुपर्ने निश्कर्ष निकालिएको थियो । सरकारले विमानस्थलको धावनमार्ग मर्मतको लागि ठेक्का लगाउने प्रक्रियामा छ ।  

विमानस्थलले अहिलेसम्म पिच उप्किने बित्तिकै त्यसलाई टाल्ने र उडान सञ्चालनमा ल्याउने काम गरिरहेको छ। यसले गर्दा कतिपय अवस्थामा अन्तर्रा्ष्ट्रिय उडान गरेर आएका विमानहरु लामो समयसम्म आकाशमा होल्ड हुने गरेका छन् । 

पाँच वर्ष अघि पनि प्राधिकरणले र विमानस्थलले अन्तर्रा्ष्ट्रिय उडान गर्ने कम्पनीलाई २ सय ५० सिट क्षमता भन्दा ठुला जहाजको भार विमानस्थलले थेग्न नसक्ने भन्दै साना जहाज ल्याउन वा ठुला ल्याउने भए भार घटाउन भनेको थियो । 

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दैनिक नेपाल वायु सेवा निगम, सिल्क एयर, एयर एसिया, कोरियन एयर, टर्किस एयरलाइन्स, थाइ एयरवेज, ड्रागन एयर, कतार एयरवेज, मलेसियन एयरलगायतका अन्तर्रा्ष्ट्रिय विमान कम्पनीका ३० वटा ठूला जहाज संचालनमा छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।