logo

तीन ठाउँमा पेट्रोलियम अन्वेषण गर्दै चिनियाँ कम्पनी 

    1816   पटक पढिएको

५ भदौ/अर्थ र व्यापार– चिनियाँ कम्पनीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतारा–बराहक्षेत्रको पेट्रोलियम खानीको अन्वेषण गर्ने भएको छ ।  

पेट्रोलियम खानीको अन्वेषण गर्न चिनियाँ कम्पनीले पठाएको कार्ययोजनामा छलफल गरि सम्झौता गर्ने र कुनै एक खानीमा ड्रिलिङ गर्ने खानी विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधिर रजौरेले बताए ।

चिनियाँ कम्पनीले पठाएको कार्ययोजनामा छलफल गरेर चिनियाँ कम्पनीलाई सम्झौताको खाका पठाउने तयारी गरिरहेको विभागले जनाएको छ । 

चिनियाँ टोलिलाई सहज हुने र नेपाललाई आर्थिक रुपमा फाइदा हुनेगरि कार्य योजनामा छलफल गरिरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटालेले बताए । 

सहमतिको खाकामा चिनियाँ कम्पनी सहमत हुने बित्तिकै सम्भवत आगामी दशैं तिहारपछि नै पेट्रोलिय खानीको विस्तृत अध्ययन सुरु हुने सापकोटाले बताए । 

विभागले पेट्रोलियम खानी अन्वेषण गर्ने चिनियाँ कम्पनीलाई सहज हुने गरि जग्गा प्राप्ति, कानुनी जटिलता, वातावरणीय प्रभाव र अन्वेषण गर्ने मोडालिटिको वारेमा छलफल गरिरहेको छ । 

यसै महिना चिनियाँ कम्पनीको विज्ञ टोली नेपाल आउने तयारी भएपनि नेपाल र चिनियाँ दुवैतर्फ नेतृत्व फेरबदल हुँदा यो महिनाको मिति भने पर सरेको विभागको भनाई छ ।

सरकारी पहलमा सुरु हुन लागेको पेट्रोलियम अन्वेषणको काम सुरु भएपछि अन्य ठाउँमा रहेका पेट्रोलियम खानीको अन्वेषणको लागि पनि तयारी थाल्ने महानिर्देशक सापकोटाले बताए ।

चिनियाँ पक्षले काम सुरु गर्ने तयारी सहित दुई अर्ब १० करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ ।

नेपालमा यसअघि सोल ट्राइगन नेदरल्याण्ड, केयर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, बिबिबी च्याम्पियन्स अमेरिका र इएबीजी कम्पनी युएईले पेट्रोलियम अन्वेषणको काम गरेपनि बिचमै काम छोडेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।