logo

भूगर्भ विभागसँग छलफलपछि पेट्रोलियम अन्वेषणको जिम्मा पाएका चिनियाँ टोलीले ड्रिलिङ लगायत काम सुरु गर्ने

    969   पटक पढिएको

८ असार / अर्थ र व्यापार - पेट्रोलियम अन्वेषणको जिम्मा पाएको चाइना जिओलजिकल सर्भेको टोली शनिबार नेपाल आएको छ । टोलीले सोमबार खानी तथा भूगर्भ विभागसँग छलफल गर्ने कार्यक्रम रहेको छ । यो टोलीले अन्वेषण सम्बन्धी कुन स्थानमा ड्रिलिङ गर्ने लगायत काम सुरु गर्नेछ ।
भारतीय नाकाबन्दीका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पेट्रोलियम अन्वेषणको जिम्मा चीनलाई दिएका थिए । दैलेखमा पेट्रोलियम पदार्थ खोज्न ४ किलोमिटर ड्रिल गर्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । ड्रिल कुन स्थानमा गर्ने भन्ने विषय तय भएको छैन ।

चिनियाँ कम्पनीले सुर्खेत(दैलेख, बुटवल(पाल्पा र चतारा(बराहक्षेत्रको पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्ने र कुनै एक खानीमा ड्रिलिङ गर्नेछ । नेपालमा यसअघि ५ वटा विदेशी कम्पनीले विभागबाट पेट्रोलियम अन्वेषणको अनुमति पाएर काम सुरु गरेका थिए । सोल ट्राइगन नेदरल्याण्ड, केयर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, बीबीबी च्याम्पियन्स अमेरिका र इएबीजी कम्पनी युएईले पेट्रोलियम अन्वेषणको काम गरेपनि बिचमै काम छोडेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।