१६ जेठ /अर्थ र व्यापार - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटबाट पेट्रोल र डिजेलमा प्रतिलिटर थप एक रुपैयाँ प्रदुषण शुल्क लगाउने घोषणा गरेको केही घण्टा नवित्दै निगमले मूल्य बढाएको हो । यसअघि प्रदुषण शुल्क प्रतिलिटर ५० पैसा मात्रै थियो ।
निगमले पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य बढाएको हो । निगमका उपनिर्देशक विनितमणि उपाध्यायले पूर्वाधार कर बढेपछि तेलको मूल्य बढाइएको जानकारी दिए । सरकारले थप एक रुपैयाँ बढाएर सडक निर्माणमा लगाउने घोषणा गरेको छ ।
तपाईको प्रतिक्रिया