logo

 पठाओ चालकमाथि ट्राफिक प्रहरीले थाल्यो कारबाही

    1378   पटक पढिएको

८ मंसिर / अर्थ र व्यापार -  ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ । आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको  छ । जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख गरिएको छ ।

यो कसूरमा २ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । तामाङकाअनुसार यात्रु लिन मोटरसाइकल रोक्नेवित्तिकै ट्याक्सी चालकहरुले उनलाई घेरेका थिए । ‘एकैछिनमा ट्राफिक पनि आइपुग्यो र चिट काट्यो’, उनले अर्थ र व्यापारसँग भने, ‘पठाओ हो भन्नेवित्तिकै मलाई ट्राफिकले मान्छे बोक्न मिल्दैन भन्यो ।’

ट्याक्सी चालकहरुले भने पुनः भाडामा मान्छे बोके मोटरसाइकल फोडिदिन्छु भनेर धम्की दिएको उनको भनाइ छ । ‘मलाई त यो अवैधानिक हो कि वैधानिक हो भन्ने पनि थाहा थिएन’, उनले भने, ‘अफिसमा गएर बुझ्दा दर्ता भएको भन्ने कुरा आयो । माथि कुरा हुन्छ भनेर भन्नु भएको छ ।’ 

सिन्धुपाल्चोकका तामाङले विगत ४ महिनादेखि पठाओमा काम गरिरहेका थिए । महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकाल भने प्रयोजनदेखि बाहिर गएर सवारी साधान चलाए जोसुकैलाई कारबाही हुने बताउँछन् । उनले भने, ‘नियममै उल्लेख भएको कुरा हो । ट्रकले मान्छे बोकेर हिँड्यो भने कारबाही हुन्छ । बसले बोरा बोकेर हिँडे कारबाही हुन्छ । यस्तो कारबाही हिजो पनि गरिराखेकै थियौं ।’

यसअघि ४ मंसिरमा यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रायोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोके कानून बमोजिम कारबाही गर्ने जनाएको थियो ।

१ माघ २०७५ मा पनि ट्राफिकले यातायात व्यवस्था विभागको अनुरोधमा टुटल र पठाओ सञ्चालनमा रोक लगाएको थियो, जसको जनस्तरबाट व्यापक विरोध भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनपछि टुटल र पठाओमा रोक नलगाउन निर्देशन दिएपछि पुनः सञ्चालनमा आएको थियो ।

यातायात व्यवसायीहरुले टुटल र पठाओ जस्ता अनलाइनमार्फत चलेका निजी सवारीको सार्वजनिक प्रयोगप्रति विरोध जनाउँदै आएका छन् । ट्राफिक प्रहरीले ४ मंसिरमा राखेको व्यवसायीसँगको छलफल कार्यक्रममा सहभागी अधिकांशले टुटल र पठाओलाई नियमन गर्नुपर्ने माग राखेका थिए ।

यसको प्रयोगले विकृति ल्याएको व्यवसायीहरुको दाबी छ । निजी सवारी साधन विभिन्न बाहनामा भाडामा प्रयोग हुने क्रम बढ्दै गए भविष्यमा यातायात क्षेत्र थप अस्तव्यस्त र भद्रगोल हुने यातायात व्यवसायी संघका महासचिव सरोज सिटौलाले बताए । टुटल र पठाओलगायतका सेवा भरपर्दो नभएको, बीमा र दुर्घटना जोखिम पनि व्यवस्थापन नगरिएको र सुरक्षाका हिसाबले यात्रुलाई मर्का पर्ने व्यवसायीहरुको दाबी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।