logo

पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न संघीय संसदको विकास तथा प्रविधि समितिको सिफारिस

    1513   पटक पढिएको

३१ जेठ /अर्थ र व्यापार - तिनकुने र बानेश्वर जोड्ने बागमती नदिमाथि निर्माण हुदैंगरेको पुल गुणस्तरहिन भएको जनाइएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिले स्थलगत अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्दै दिएको निर्देशन पालना नगर्ने ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न सिफारिस गरेको हो । 

कामअघि नबढाउन निर्देशन दिँदादिँदै पनि अटेर गरि निर्माण कार्य अघि बढाउने निर्माण व्यवसायीलाई कारबाहि गर्न प्रतिवेदनमा भनिएको छ । समितिको सभापति कल्याणी खड्काले तत्कालै समस्या समाधान गरी निर्माण सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । तीनकुने स्थित निर्माणाधीन पुल डिजाईन एण्ड विल्ड प्रक्रियाबाट २०७१ पुस ४ गते ठेक्का सक्झौता गरिएको थियो । २०७५ असार ५ गते निर्माण पुरा गरेर हस्तान्तरण गर्नुपर्ने  थियो । 

निर्माण भएर संचालनमा आइसक्नुपर्ने पुल निर्माण रोकिएको छ । २०७६ बैशाख १९ गते सभापति कल्याणीकुमारी खड्काको  नेतृत्वमा समितिमा रहेका सदस्यहरु, विज्ञ सचिवालयका कर्मचारीले जेठ २ गते पुलको स्थलगत अवलोकन गरेको गरेका थिए। राष्ट्रिय सतर्कता केन्द्रका प्राविधिक समेत सहभागी थिए । 

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवासायीले भने समयमै आवश्यक निर्णय नगर्दा समस्या सिर्जना भएको जनाएको छ । यो आर्क व्रिजमा प्राविधिक त्रुटी भेटिएको भन्दै आयोजनाले रोक्न निर्देशन दिएको छ । पुलको जग आवश्यक गहिराईसम्म नपुर्याई स्ट्रक्चर उठाएको पाईएपछि निर्माण रोक्न संचालन गर्न लागिएको हो । यो पुलमा पुल्चोक इन्जिनियरिङ कलेजमार्फत गुणस्तर र प्राविधिक अध्ययन भैरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।