logo

सिन्धुपाल्चोकको पाँचपोखरी पुग्ने सडक कालोपत्रे हुने 

    1650   पटक पढिएको

१९ फागुन /अर्थ र व्यापार - सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरी पुग्ने सडक कालोपत्रे हुने भएको छ । पाँचपोखरी पर्यटन मार्ग मेलम्ची भोताङ सडकअन्तर्गत मेलम्ची बजारदेखि धापसम्म करिब १४ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो ।  १४ किलोमिटरमध्ये राम्चेबाट धापसम्म १० किलोमिटर सडकको ठेक्का लागेर काम सुरु गरिएको डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर गागल भण्डारीले जानकारी दिए । उनका अनुसार ठेकेदार परिचालन भएर केहि दिन अघिबाट काम नै सुरु गरिसकेको छ । 

दुई बर्षमा उक्त सडक तयार पार्ने लक्ष्य राखिएको छ । बाँकी मेलम्ची बजार पुलदेखि राम्चेसम्मको ४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन ( डिपिआर) गर्न बाँकी रहेको छ । यो वर्ष मेलम्ची नगरपालिकाले आफ्नो खर्चमा डिपिआर गर्न सम्झौता गरिसकेको छ । डिपिआर तयार भएपछि टेण्डर निकालेर काम सुरु गर्ने योजना रहेको इन्जिनियर भण्डारीले जानकारी दिए । सुरुमा पाँचपोखरी पर्यटनमार्ग केन्द्रमातहत डिभिजन सडक कार्यालय चरिकोटले मर्मत, सम्भार र निर्माणको काम गर्दै आएको थियो। देशमा संघीयता गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केन्द्र, प्रदेश र स्थानीय तहले हेर्ने सडकको वर्गीकरण गरेको थियो। उक्त सडक प्रदेश मातहत गयो । प्रदेशमा पर्याप्त बजेट र प्राविधिक जनशक्ती नभएका कारण एक बर्षजति सडक अलपत्र बनेको हो । सामान्य मर्मत सम्भारबाहेक योजनागतरुपमा केही काम भएन । 

त्यसपछि मेलम्ची खानेपानी आयोजनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै राष्ट्रिय गौरवको आयोजनाको दोस्रो फेज जाने सडक अलपत्र परेको भन्दै केन्द्र मातहत ल्याउन आग्रह गर्यो । त्यसपछि यो सडक पुन डिभिजन सडक कार्यालय चरिकोटअन्तर्गत पुग्यो । चरिकोट पुगेपछि डिभिजन कार्यायले सडक कालोपत्रे गर्ने भन्दै ठेक्का निकालेको हो। अहिले सम्झौता नै भएर साईटमा काम नै सुरु भैसकेको छ । दोस्रो फेजको याङ्ग्री र लार्के खोलाको साइट यहि सडकको माध्यमबाट जानुपर्छ । धापमा याङग्री र लार्के जाने जङसन रहेको छ । त्यहाबाट याङ्ग्री लार्के खोलासम्म जानका लागि ठेक्का लागेर काम सुरु भैसकेको छ ।

राम्चेदेखि धापसम्मको १० किलोमिटर सडकका लागि  २० करोड रुपैया बजेट छुट्याएको छ । जसमा ३५ करोडमा निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनीसंग सम्झौता गरिएको छ । इन्जिनियर भण्डारीका अनुसार सडक ३.५ र३.५ मिटरको दुई लेन गरि ७ मिटरमा ब्ल्याक टप गरिने छ । भने १.५र १.५ मिटरका दुईतिर ड्रेनेज र सोल्डर रहनेछन् । केहि बर्ष अघिसम्म यो सडकमा हिउदका केहि महिना मात्रै गाडी संचालन हुन्थ्यो । वर्षायाममा पैदल यात्रुसमेत आवतजावत गर्न मुश्किल पर्ने गरेको थियो । भूकम्पपछि जापानी सहयोगमा सडक काभ्रे खोला, खाल्डेखोला, तिपेनी खोला र हाडी खोलामा पक्की पुलसमेत निर्माण सम्पन्न भएपछि बर्खायाममा समेत गाडि चल्न थालेका छन । 

पाँचपोखरी क्षेत्रको मेरुदण्डका रुपमा रहेको यो सडक धापबाट भोताङसम्म समेत स्तरोन्नती गर्ने योजना रहेको छ । अहिले पाँचपोखरी क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न केवलकार निर्माण गर्न सम्भाव्यता अध्ययन भैरहेको छ । पर्यटन मन्त्रालयले १ सय गन्तव्यमा पाँचपोखरीलाई समेत समेटेको छ । यो सडक निर्माणले पर्यटकहरुलाई पाँचपोखरी जान केहि सहज हुने अपेक्षा गरिएको छ । भने मेलम्ची नगरपालिका र पाचपोखरी गाउपालिकाका २० हजारले प्रत्यक्ष रुपमा फाइदा लिने छन् ।पाँचपोखरीबासीको बर्षौदेखिको सपना पुरा हुने भएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।