logo

सिन्धुपाल्चोकको पाँचपोखरी पुग्ने सडक कालोपत्रे हुने 

    1529   पटक पढिएको

१९ फागुन /अर्थ र व्यापार - सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पाँचपोखरी पुग्ने सडक कालोपत्रे हुने भएको छ । पाँचपोखरी पर्यटन मार्ग मेलम्ची भोताङ सडकअन्तर्गत मेलम्ची बजारदेखि धापसम्म करिब १४ किलोमिटर सडक कालोपत्रे गर्न लागिएको हो ।  १४ किलोमिटरमध्ये राम्चेबाट धापसम्म १० किलोमिटर सडकको ठेक्का लागेर काम सुरु गरिएको डिभिजन सडक कार्यालय चरिकोटका इन्जिनियर गागल भण्डारीले जानकारी दिए । उनका अनुसार ठेकेदार परिचालन भएर केहि दिन अघिबाट काम नै सुरु गरिसकेको छ । 

दुई बर्षमा उक्त सडक तयार पार्ने लक्ष्य राखिएको छ । बाँकी मेलम्ची बजार पुलदेखि राम्चेसम्मको ४ किलोमिटर सडकको विस्तृत आयोजना प्रतिवेदन ( डिपिआर) गर्न बाँकी रहेको छ । यो वर्ष मेलम्ची नगरपालिकाले आफ्नो खर्चमा डिपिआर गर्न सम्झौता गरिसकेको छ । डिपिआर तयार भएपछि टेण्डर निकालेर काम सुरु गर्ने योजना रहेको इन्जिनियर भण्डारीले जानकारी दिए । सुरुमा पाँचपोखरी पर्यटनमार्ग केन्द्रमातहत डिभिजन सडक कार्यालय चरिकोटले मर्मत, सम्भार र निर्माणको काम गर्दै आएको थियो। देशमा संघीयता गएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केन्द्र, प्रदेश र स्थानीय तहले हेर्ने सडकको वर्गीकरण गरेको थियो। उक्त सडक प्रदेश मातहत गयो । प्रदेशमा पर्याप्त बजेट र प्राविधिक जनशक्ती नभएका कारण एक बर्षजति सडक अलपत्र बनेको हो । सामान्य मर्मत सम्भारबाहेक योजनागतरुपमा केही काम भएन । 

त्यसपछि मेलम्ची खानेपानी आयोजनाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै राष्ट्रिय गौरवको आयोजनाको दोस्रो फेज जाने सडक अलपत्र परेको भन्दै केन्द्र मातहत ल्याउन आग्रह गर्यो । त्यसपछि यो सडक पुन डिभिजन सडक कार्यालय चरिकोटअन्तर्गत पुग्यो । चरिकोट पुगेपछि डिभिजन कार्यायले सडक कालोपत्रे गर्ने भन्दै ठेक्का निकालेको हो। अहिले सम्झौता नै भएर साईटमा काम नै सुरु भैसकेको छ । दोस्रो फेजको याङ्ग्री र लार्के खोलाको साइट यहि सडकको माध्यमबाट जानुपर्छ । धापमा याङग्री र लार्के जाने जङसन रहेको छ । त्यहाबाट याङ्ग्री लार्के खोलासम्म जानका लागि ठेक्का लागेर काम सुरु भैसकेको छ ।

राम्चेदेखि धापसम्मको १० किलोमिटर सडकका लागि  २० करोड रुपैया बजेट छुट्याएको छ । जसमा ३५ करोडमा निर्माण सम्पन्न गर्ने गरि निर्माण कम्पनीसंग सम्झौता गरिएको छ । इन्जिनियर भण्डारीका अनुसार सडक ३.५ र३.५ मिटरको दुई लेन गरि ७ मिटरमा ब्ल्याक टप गरिने छ । भने १.५र १.५ मिटरका दुईतिर ड्रेनेज र सोल्डर रहनेछन् । केहि बर्ष अघिसम्म यो सडकमा हिउदका केहि महिना मात्रै गाडी संचालन हुन्थ्यो । वर्षायाममा पैदल यात्रुसमेत आवतजावत गर्न मुश्किल पर्ने गरेको थियो । भूकम्पपछि जापानी सहयोगमा सडक काभ्रे खोला, खाल्डेखोला, तिपेनी खोला र हाडी खोलामा पक्की पुलसमेत निर्माण सम्पन्न भएपछि बर्खायाममा समेत गाडि चल्न थालेका छन । 

पाँचपोखरी क्षेत्रको मेरुदण्डका रुपमा रहेको यो सडक धापबाट भोताङसम्म समेत स्तरोन्नती गर्ने योजना रहेको छ । अहिले पाँचपोखरी क्षेत्रलाई पर्यटकीय रुपमा विकास गर्न केवलकार निर्माण गर्न सम्भाव्यता अध्ययन भैरहेको छ । पर्यटन मन्त्रालयले १ सय गन्तव्यमा पाँचपोखरीलाई समेत समेटेको छ । यो सडक निर्माणले पर्यटकहरुलाई पाँचपोखरी जान केहि सहज हुने अपेक्षा गरिएको छ । भने मेलम्ची नगरपालिका र पाचपोखरी गाउपालिकाका २० हजारले प्रत्यक्ष रुपमा फाइदा लिने छन् ।पाँचपोखरीबासीको बर्षौदेखिको सपना पुरा हुने भएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।