२६ साउन / अर्थ र व्यापार – इटालियन स्पोर्ट्स वेयर ब्राण्ड फिलाको नेपालमा अफिसियल आउटलेट लन्च भएको छ । विगत १७ वर्षदेखि फुटवेयर ब्राण्डको प्रवर्द्धन गरिरहेको स्पोर्ट्स प्लाजा प्रालीले बिहीबार दरबारमार्गमा फिला ब्राण्डलाई भित्राएको हो ।
नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर तथा थ्री स्टार क्लबका कप्तान विक्रम लामाले रिवन काटेर फिला ब्राण्डको उद्घाटन गरे । अफिसियल लन्चको अवसरमा फिलाले १२ हजार बराबरको सामान किन्दा ५ हजारको आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेको छ ।
फिलाको सन् १९७० मा इटलीमा सुरुवात भएको हो । टेनिस खेलाडी बोजान बर्गले पहिलो पटक यस ब्राण्डको प्रयोग गरेका थिए ।
तपाईको प्रतिक्रिया