logo

ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत फेरि पक्राउ

    1572   पटक पढिएको

२१ चैत्र /अर्थ र व्यापार - ओरियन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् । पटक–पटक पक्राउ पर्दै छुट्दै आएका बस्नेतलाई प्रहरी परिसर, टेकुको टोलीले काठमाडौंको भीमसेनगोलाबाट बुधबार साँझ मिटिङ गरिरहेको अवस्थामा फेरि पक्राउ गरेको हो । समस्याग्रस्त सहकारीहरुको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा १४ करोड हिनामिना आरोपमा ओरियन्टलका सहकारीका अध्यक्ष बस्नेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि सहकारी ऐन २०७४ अनुसार अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

बस्नेत यसअघि पनि ओरेन्टल सहकारीको बचत हिनाहिना र ठगी प्रकरणमा २०७३ पुसमा धापासीबाट जेल परेर छुटेका थिए । बस्नेतमाथि संगठित अपराध र ठगी मुद्धा चलाइने तयारी छ । सर्वसाधारणबाट करोडौं रकम उठाएर ऋणको सावां ब्याज नतिरी फरार रहेका उनले तिर्नुपर्ने रकम १६ अर्ब रुपैयाँभन्दा बढी रहेको बताइन्छ । उनी तत्कालिन ग्राण्ड बैंकलाई घाटामा जान बाध्य बनाउने मध्येका एक ब्यवसायी समेत हुन् । 

उता समस्याग्रस्त सहकारी संस्थाको व्यवस्थापन गर्न सरकारले गठन गरेको समितिले बस्नेतको सम्पूर्ण सम्पति नियन्त्रण गरी लिलाम प्रक्रियाबाट बिक्री गरि पीडितको पैसा फिर्ता गर्ने तयारी गरेको छ । ओरेन्टल सहकारीमा १४ करोड हिनामिना र कोहिनुर हिल हाउजिङ्ग तथा आयुसा हाउजिङ्ग, कोहिनुर हिल्स, इस्टर्न अपार्टमेन्ट, ओरेन्टल इन्डिभिज्युवल होम्स लगायत विभिन्न अपार्टमेन्ट बनाउने भन्दै सर्वसाधारणसँग अर्बौं रकम उठाएका उनीमाथि ठगी अभियोगमा धेरै उजुरी प्रहरीमा परेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।