logo

सुदूरपश्चिमका नेताहरू मात्रै समृद्ध भए, जनता भएनन् : मन्त्री बास्कोटा

    1174   पटक पढिएको

१५ पुस / अर्थ र व्यापार - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सुदूरपश्चिमका नेताहरु समृद्ध भएको, तर जनता समृद्ध हुन नसकेको टिप्पणी गरेका छन् ।

सुदूरपश्चिमका नेताहरु पटक–पटक देशका प्रधानमन्त्री र शक्तिशाली मन्त्री भएपनि आफ्नो क्षेत्रको विकासमा ध्याननदिँदा यो क्षेत्र पछि परेको मन्त्री वास्कोटाको भनाइ छ । ‘नेताले आफ्नो समृद्धि गरे पनि प्रदेशलाई माथि उकास्न सकेनन्’ धनगढीमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले भने, ‘शेरबहादुर देउवा र लोकेन्द्रबहादुर चन्द चाररचार पटक प्रधानमन्त्री भएपनि विकासका लागि काम गरेनन् ।’

‘एकै प्रदेशले आठ पटक प्रधानमन्त्री हुने अवसर पाउनु सामान्य कुरा होइन, तर सुदूरपश्चिमको लागि के गर्नुभएको छ ?’ उनले भने ‘विकास, मानवीय सूचकांकको आधारमा यो प्रदेश अझै पछाडि नै छ ।’ जनताको पछौटेपनको फाइदा उठाउँदै नेताहरुले आफ्नो मात्रै समृद्धि गरेको मन्त्री बास्कोटाको आरोप छ ।

आफ्नै पार्टीका नेता भीम रावलप्रति लक्षित गर्दै मन्त्री वास्कोटाले ‘आफ्नो जिल्लामा छाउपडी प्रथा हटाउन नसक्ने, अनि ठूला कुरा गर्ने’ भन्दै व्यंग्य गरेका छन् । ‘राष्ट्रिय अन्तराष्ट्रिय विषयमा खरो उत्रिनुभन्दा पहिले चर्चित नेताहरुले आफ्नै प्रदेशको अवस्थाबारे चिन्ता लिनुर्पयो,’ नेता रावलको नाम नलिएरै बोस्कोटाले थपे, ‘चर्चित नेताकै जिल्लामा प्रदेशकै कलंकका रुपमा छाउपडी प्रथा छ, यसलाई उन्मुलनका लागि बहस, छलफल चलाउन जरुरी छ ।’

मानव विकास सूचकांकको आधारमा सुदूरपश्चिमका बाजुरा, बझाङ र अछाम पछाडि परेका मन्त्री बास्कोटाले वताए । उनले भने, ‘मैले व्यक्तिगत लाल्छना लगाउन खोजेको होइन, तर अब के गर्ने भन्ने विषयमा सोच्नुपर्छ र बहस चलाउनुपर्छ ।’

प्रदेशको विकासका लागि जनता पनि जागरुक हुनुपर्ने उनको भनाइ छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।