२३ असार / अर्थ र व्यापार – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रालिले कात्तिकको तेस्रो साताबाट यसको प्रयोग गर्न सक्ने भएको उल्लेख गरेको छ ।
बुधवार अनलाइन कारोबार प्रणालीको विकास क्रम बारे जानकारी उदेश्यले नेप्सेमा भएको कार्यक्रममा वाइकोका परियोजना व्यवस्थापकले यस्तो जानकारी दिएका हुन् । भदौंमा नै कम्पनीले यसको परिक्षण गर्ने भएको छ ।
दुई पक्षबीच भएको सम्झौता बमोजिम परियोजनाको विकास सन्दर्भमा यसको संयोजक समिति मार्फत पृष्ठपोषण तथा आवश्यक रायसुझावका लागि सरोकारवालाहरुलाई सहभागी गराउने छ ।
तपाईको प्रतिक्रिया