logo

लाइसेन्सको लागि अनलाइन फारम प्रयोगविहीन

    1462   पटक पढिएको

 २६ जेठ / अर्थ र व्यापार-सर्वसाधारणले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनको लागि सास्ती खेप्नु परेको भन्दै यातायात व्यवस्था विभागले निकै तामझामको साथ सुरु गरेको अनलाइन फारम प्रणाली प्रयोगविहीन जस्तै भएको छ । अनलाइन फारम प्रणाली प्रयोगविहीन भएपछि अहिले सयौं सर्वसाधारण बिहानैदेखि लाइसेन्स फारमका लागि यातायात कार्यालयमा लाइन लाग्न पुग्ने गरेका छन्।

अनलाइन फारम प्रणाली गत पुसमा सवारी चालक अनुमति पत्रका लागि सुरु भएको थियो । लाइसेन्स नवीकरण, सवारी दर्ता लगायतका कार्यमा अनलाइन प्रणाली लागू गरे पनि अनलाइनबाट फारम भरे टोकन लिन लाइन बस्नुपर्ने बाध्यताको कारण अनलाइन सेवा निस्कृय बनेको हो ।

अनलाइन फारम प्रणाली प्रभावकारी हुन नसकेपछि फारम नभरी नागरिकताको फोटोकपीमा १० रुपैयाँको हुलाक टिकट टाँसेर बुझाउने प्रकृया सुरु भएको छ । त्यस्तै लाइसेन्समा वर्ग थप गर्नु परेमा लाईसेन्सको फोटोकपीमा टिकट टाँसेर बुझाउनुपर्ने हुन्छ । यसले सेवाग्राहीलाई केही सहजता भएको छ । यो प्रकृयाले विवरण गल्ती नहुने र फारम भर्ने झण्झट नहुने साथै बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना पनि धेरै हदसम्म हट्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।