logo

पाँच दिनमा सुन तोलामै एक हजार सस्तियो, मंसिर नजिकिँदै गर्दा उपभोक्तालाई थप राहत होला?

    1264   पटक पढिएको

२० कात्तिक / अर्थ र व्यापार 

गत शुक्रबारदेखि सुनको मूल्य लगातार घट्दो क्रममा छ । शुक्रबार यता मात्रै सुनको भाउ प्रति तोला एक हजार रुपैयाँले घटिसकेको छ । बुधवार प्रतितोला सुनको मूल्य  ६ सय रुपैयाँले घट्यो । बुधबार प्रति तोला सुनको मूल्य ७० हजार दुई सय रुपैयाँमा ओर्लिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य घटेका कारण स्थानीय बजारमा पनि  सुनको मूल्य क्रमिक रुपले घटेको महासङ्घले जनाएको छ ।

बुधबार अन्तर्रा्ष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १४ सय ८७ डलर रहेको छ । मङ्गलबार प्रति औंस सुनको मूल्य १५ सय आठ डलर रहेको थियो । सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । बुधवार प्रति तोला चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । बुधबारकोलागि प्रतितोला चाँदीको मूल्य आठ सय ४५ रुपैयाँ तय भएको छ । मङ्गलबार चाँदी तोलाको आठ सय ६० रुपैयाँ रहेको थियो ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।