१९ भदौ / अर्थ र व्यापार – प्रहरीले काडमाडौँको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद गरेको छ । रसुवाको केरुङ नाकाबाट काठमाडौँ ल्याइएको सुनसहित एक जना पक्राउमा परेका छन् । सुनसहित सवारी चालक मनोज अधिकारी पक्राउ परेका हुन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखको विशेष टोलीले विशेष सूचनाका आधारमा सोमबार राति २ बजे सुन पक्राउ गरेको हो । गाडीमा लुकाई ल्याएको अवस्थामा सुन पक्राउ गरिएको हो । प्रहरीले अधिकारी भरियामात्र भएको हुनसक्ने आशंका गरेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।
यतिधेरै सुन एकैपटक बरामद भएको नेपालको इतिहासमै पहिलोपटक हो । यसअघि विमानस्थलबाट भित्रिएको ३५ किलो बरामद भएको थियो । बरामद भएको सुन अहिले महानगरीय प्रहरी अपराध महाशाखामा राखिएको छ ।
तपाईको प्रतिक्रिया