राजु थापा / युएई
२५ भदौ / अर्थ र व्यापार
गैर आवासीय नेपाली संघ (एनआरएन) युएईको आसन्न निर्वाचनका लागी डीस्कभरी रोयल स्पोर्टस एल एल सी का प्रबन्ध निर्देशक ओम प्रसाद उप्रेतीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन । उप्रेती व्यवसायका साथै समाजसेवामा पनि उत्तिकै सक्रिय छन ।
युएईमा नेपालीहरु माझ परिचित उप्रेतीले सबैको साथ र सहयोगको अपेक्षा सहित आफुले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिएको अर्थ र व्यापारलाई वताए । नेपालमा रहँदा पनि बिभिन्न सामाजिक संघ सस्थामा आवद्ध भएर काम गरेको अनुभव संगालेका उप्रेती अगाडी प्रवासमा समस्यामा परेका वा स्वदेशी नेपालीहरूलाई लागी केही न केही कदम चाल्ने अठोट सहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताउँछन । एनआरएन युएईको निर्वाचन यही १५ तारिखमा हुँदैछ ।
तपाईको प्रतिक्रिया