logo

नेशनल ट्रेडिङको ५० रोपनी जग्गा आयल निगमले ३ अर्बमा किन्ने

    1545   पटक पढिएको

२८ जेठ / अर्थ र व्यापार-टेकु स्थित नेशनल ट्रेडिङ लिमिटेडको ५० रोपनी ५ आना जग्गा नेपाल आयाल निगमले खरिद गर्ने भएको छ । निगमले सबै भौतिक संरचना सहित ३ अर्ब ३० करोड रुपैयाँमा जग्गा खरिद गर्न लागेको हो । निगम सञ्चालक समितिले यो निर्णय पारित गरेर उक्त जग्गाको कर तिर्नको लागि २५ करोड रपैयाँ समेत दिई सकेको छ ।

टेकुमा रहेको लिमिटेडको मुख्य कार्यालय, २५ हजार मेट्रिकटन क्षमताका ५ वटा गोदाम र पेट्रोलपम्म निगमले खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । भौतिक संरचनाको लागत कति पर्ने भनेर मूल्यांकन समितिले निर्धारण गर्नेछ । भौतिक संरचनाको लागत १५ करोड लाग्ने अनुगमाने गरिएको छ । नेशनल ट्रेडिङले मालमोत कार्याकालयको कागजी प्रक्रिया सक्ने वित्तिकै जग्गा पास गर्ने छ ।

५४ वर्षको इतिहास बोकेको नेशनल टे«डिङ टाट पल्नि लागेपछि कर्मचारीलाई अवकास दिन सो जग्गा विक्री गर्न लागेको हो । व्यापार गर्ने उद्देश्यसहति स्थापना भएको लिमिटेडले कमजोर व्यवस्थापनका कारण सरकारको बोझ बन्दै आएको छ । सरकारी संस्थान भएपनि निजी व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा लिमिटेड आर्थिक संकटको चरम अभावमा डुवेर बन्द हुने अव नेशनल ट्रेडिङका पुगेको हो । 

देशका १२ स्थानमा कम्पनीको स्वामित्वमा जग्गा तथा भवनहरू रहेका छन् उक्त जग्गा र भवनको करिब २५ अर्ब रुपैयाँ बराबरको सम्पत्ति हुन सक्ने अनुमान गरिएकोे छ । काठमाडौंको ट्राफिक कार्यालयसँगै जोडिएको सिंहदरबार पश्चिम गेट अगाडिको २६ रोपनी जग्गा कम्पनीकै स्वामित्वमा छ ।

लिमिटेडमा कार्यरत २ सय ६४ जना कर्मचारीलाई स्वेच्छिक अवकास दिन मन्त्रिपरिषद्ले स्वीकृति दिइसकेको छ । उक्त कर्मचारी अवकास दिन एक अर्ब ६६ रुपैयाँ लाग्नेछ । अवकासमा जाने कर्मचारीले प्रतिव्यक्ति १५ देखि ७० लाख रुपैयाँसम्म पाउने नेशनल ट्रेडिङको हिसाव छ । निगमले जग्गाको रकम उपलव्ध गराएपछि असार महिनाभित्र कर्मचारीलाई अवकास दिएर बिदाइ गर्न लागिएको हो ।

कर्मचारीलाई अवकास दिएर लिमिटेडलाई पुन संरचना गर्न लागिएको छ । कर्मचारीको अवकासपछि कम्पनीलाई पुनसंरचना गरी नयाँ ढंगबाट सञ्चालन गरिने छ । नेशनल ट्रेडिङले जग्गा बेचेर आफ्नो एक अर्ब ३८ करोड र सरकारको एक अर्ब रुपैयाँ ऋण पनि चुक्ता गर्नेछ । त्यस्तै माच्छापुच्छे र हिमालय बैंकको झण्डै ८ करोड रुपैयाँ पनि कम्पनीले तिर्न बाँकी छ । अन्य विभिन्न संस्था, ब्यक्ति तथा र्फमहरू ३० करोड रुपैयाँ पनि जग्गा बचेर तिर्न लागेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।