logo

आयल निगमले कर्मचारीलाई छुट्यायो ११ करोड बोनस, कर्मचारीको पैसा तीन अर्ब थुप्रियो, बाँड्न नपाउने!

    1174   पटक पढिएको

१० पुष  / अर्थ र व्यापार - आयल निगमले गत वर्षको मुनाफाबाट ११ करोड रुपैयाँ कर्मचारीलाई बोनश दिन छुट्याएको छ। निगमले गत वर्ष ८ अर्ब ७५ करोड खुद नाफा गरेको थियो।

सरकारी स्वामित्वको यो संस्थानका कर्मचारीले मुनाफाको एक प्रतिशत बोनश बाँड्न पाउँछन्। निगम स्रोतका अनुसार तल्लो तहका कर्मचारीले तीन महिना तलब बराबर ९० हजार बोनश पाउने छन्। माथिल्लो तहका कर्मचारीले डेढ महिना तलब बराबर बोनश पाउनेछन्। निगमले तत्कालै भने बोनस बाँड्ने छैन। ’बोनसकै कारण निगमका उच्च तहका कर्मचारी जेलमा परेका छन्। बोनस रकम छुट्टिएको छ। तर तत्कालै भने बाँडिदैन्’ निगमका एक अधिकारीले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७२ सालमा बोनस बाँड्ने निर्णय तत्काल रोक्न निर्देशन दिएको थियो। तर त्यो निर्देशन अटेर गरेपछि अख्तियारले निगमका कार्यकारी निर्देशक सुरेश अग्रवालसहित उच्च कर्मचारीलाई हिरासतमा लिएको थियो। यो पक्राउपछि निगमले नाफाबाट कर्मचारीका लागि बोनस छुट्याएपनि वितरण भने गर्दैन्।

निगमका अनुसार कर्मचारीका लागि भनेर छुट्याएको बोनस रकम तीन अर्ब हाराहारी पुगेको छ। निगमले आर्थिक वर्ष २०६५र०६६ देखि नाफाबाट बोनस छुट्याउन थालेको हो। त्यो बेलामा निगमको संचित नोक्सानी ३६ अर्ब रुपैयाँ थियो। संचित नोक्सानी हुँदाहुँदै निगमले बोनस बाँड्न लागेको भन्दै अख्तियारले उच्च तहका कर्मचारीलाई पक्राउ गरेको थियो। अख्तियारले पक्राउ गरेपछि सबै कर्मचारीले बोनस रकम फिर्ता गरेका थिए।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।