logo

गैर आवासीय नेपाली संघ युएईको सातौँ महाधिबेशन भदौ ३० मा हुने

    2256   पटक पढिएको

२३ भदौ / अर्थ र व्यापार- गैर आवासीय नेपाली संघ युएईको सातौँ महाधिबेशन आगामी ३० भदौमा देइरा स्थित काल्टन टावरमा हुने भएको छ । युरोप तथा मध्य पूर्वका देशहरु लगायतमा फैलिएको गैर आवासीय नेपाली संघ (एनआरएन) एक सामाजिक संस्थाका रुपमा परिचित छ र संस्थाले नेपालमा धेरै कामहरु समेत गरेको छ । पछिल्लो समयमा युरोपका देशहरुमा जति चर्चा एनआरएनको हुन्छ, त्यो भन्दा बढी चर्चा मध्य पूर्वका खाडी देशहरुमा हुन थालेको छ ।

यतिबेला खाडी देशहरु मध्ये युएईमा एनआरएन एनसिसी को १५ सेप्टेम्बर २०१७ मा सम्पन्न हुने सातौं महाधिवेशनको चर्चा चुलिएको छ । महाधिवेशनका लागि गठित निर्वाचन समितिले पुँजिकृत सदस्यहरू, अधिवेशन प्रतिनिधि र अधिवेशनका लागि आवश्यक तालिका सार्वजनिक गरेको छ । जस अन्तर्गत पुँजिकृत सदस्य २,५४० जना र युएईका विभिन्न क्षेत्र बाट प्रतिनिधित्व गर्ने गरी कार्यसमिति, विशेष समिति, सल्लाहकार गरी २८७ जना महाधिवेशन प्रतिनिधिहरूको नाम पनि सार्वजनिक गरेको छ । ५ सेप्टेम्बर २०१७ मा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन प्रक्रिया सँगै युएईमा अरु निर्वाचन सरगर्मी बढेको छ ।

सन २०१७ देखि २०१९ सम्मको दुई वर्षे कार्यकालका लागी वर्तमान कार्यसमितीका उपाध्यक्ष रमेश श्रेष्ठले अध्यक्षमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन भने युएईमा लामो समय सम्म रहेर सामाजिक कार्यमा सक्रिय रहेका सालिक सुवेदी ले पनि अध्यक्षका निमित्त  उम्मेद्वारी घोषणा गरेका छन । अध्यक्षका प्रत्याशी रमेश श्रेष्ठले आफ्नो वर्तमान कार्यकालमा पुरा हुन नसकेका कार्यलाई पुरा गर्ने र सबै तह र तप्कालाई साथमा लिएर एनआरएन लाई नयाँ उचाइमा पु¥याउने चुनावी एजेन्डा अघि सारेका छन भने अर्का प्रत्याशी सालिक सुवेदीले युएईमा सबैका निमित्त सामुदायिक भवन निर्माण गर्ने योजना सँगै एनआरएन लाई विवादमुक्त संस्था बनाउने एजेन्डा अघि सारेका छन ।

उम्मेदवारका आकांक्षी मध्ये सालिक सुवेदी र वर्तमान एनआरएन एनसिसीका युथ को अर्डिनेटर निश्चल तिर्थ दाहाल महासचिवमा प्रत्यासी रहने गरि विभिन्न संघ, संस्था तथा समर्थकको साथमा स्वतन्त्र बाट चुनाव लडने बुझिएको छ भने अर्का अध्यक्षका प्रत्यासी रमेश श्रेष्ठ प्रमुख राजनीतिक संगठनहरुको गठबन्धनमा सहमति गरेर चुनाव लडने बुझिएको छ ।


अध्यक्ष रमेश श्रेष्ठ समुहको उपाध्यक्षमा बालकृष्ण मरासिनि,सचिवमा मिलन गुरुङ,सह कोषाध्यक्ष निरन्जन सिलवाल, ईभेन्ट को अर्डिनेटर मिटिङले बनाउने गरि सदस्य शम्सेर योन्जन,ओम प्रकास उप्रेती,सदस्य जीवनदास र मोहन  सिवाकोटी रहेका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।