logo

१० मेगावाट भन्दा साना जलविद्युतलाई हाइड्रोलोजी पेनाल्टी नलगाउन निर्देशन

    1375   पटक पढिएको


२६ असोज/अर्थ र व्यापार– विद्युत नियमन आयोगले १० मेगावाट भन्दा साना जलविद्युत आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलगाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ ।

आयोगले १० मेगावाट भन्दा साना आयोजनाले पूर्वानुमान गरिए अनुसारको विद्युत उत्पादन गर्न नसकेमा पेनाल्टी नलगाउन निर्देशन दिएको हो । विद्युत प्राधिकरणलाई पत्र लेख्दै

जलविद्युत आयोजनाले हरेक महिना आफूले उत्पादन गर्न सक्ने विद्युत ऊर्जाको परिमाण पूर्वानुमान गरी प्राधिकरणलाई जानकारी गराउनु पर्ने हुन्छ । यदी पुर्वानुमान गरिएभन्दा कम विद्युत उत्पादन भएमा विद्युत प्राधिकरणले आयोजनालाई पेनाल्टी लगाउने गर्छ ।

हिउँद लागेसँगै खोलामा पानीको बहाब घट्न सुरु भएकोले अव भने पूर्वानुमान गरेको विद्युत उत्पादन हुने सम्भावना कम हुन्छ । 

विद्युत नियमन आयोगले १० मेगावाट भन्दा साना आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलगाउन प्राधिकरणलाई दिएको निर्देशन कार्यन्वयन भएमा १० मेगावाट भन्दा साना आयोजनालाई सहुलियत हुनेछ ।

आयोगले यस अघि २०७६ फागुनमा पनि यस्तै प्रकृतिको निर्देशन दिएकोमा विद्युत प्राधिकरणले उक्त निर्देशन कार्यान्वयन नगरेको भन्दैसात महिना पछि पुनः निर्देशन दिएको हो ।

प्राधिकरणले पनि बाढी पहिरो र भूकम्प लगायतका कारणले सम्बन्धित प्रसारणलाइन वा सवस्टेसनमा क्षति पुग्दा विद्युत उत्पादकलाई क्षतिपूर्ति दिनु नपर्ने आयोगको निर्देशनमा उल्लेख छ । 

त्यस्तै ११ केभी, ६६ केभी र १३२ केभी प्रसारणलाइनमा जोडिएका आयोजनालाई समान सुत्र प्रयोग गरेर मात्रै प्रसारण नभएको विद्युत ऊर्जाको क्षतिपूर्ति सम्बन्धि व्यवस्था गर्न पनि निर्देशन दिएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।