logo

निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाद्वारा ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह

    1316   पटक पढिएको

२८ माघ /अर्थ र व्यापार - निजगढ अन्तराष्ट्रिय विमानस्थल आयोजनाले प्रारम्भिक चरणको काम अघि बढाउन तत्कालै ४ अर्ब रुपैयाँ बजेट छुटयाउन सरकारलाई आग्रह गरेको छ । आयोजना कार्यालय सिमराका प्रमुख ओम शर्माका अनुसार प्रारम्भिक चरणको काम अन्तर्गत चर्चामा रहेको टागियावस्तीलाई स्थानान्तरण गर्न र विमानस्थलको सिमाना निर्धारण गर्न उक्त बजेट तत्कालै विनियोजन गर्न आवश्यक रहेको छ ।

सिमरामा आयोजित अन्तरक्रियामा प्रमुख शर्माले भने विमानस्थलको मुख्य चूनौती टागियावस्तीको करिब १५ सय घरधुरीलाई जितपुरसिमरा उपमहानगरकै अन्य वडा तथा कोल्हबी नगरापालिकाको अन्य वडामा स्थानान्तरण गर्नु छ । विमानस्थलको डिपिआर बनाउने परामर्शदाताको छनौट गरी यथाशिघ्र साइटमा खटाउनुपर्ने पनि उनले बताए । उनका अनुसार डिपिआर बनाउन छनौट भएको ६ वटा कम्पनीहरुको अध्ययन विश्लेषण तथा कागजात अध्ययन एवं मूल्याकन गरी चाँडै डिपिआर बनाउन निजगढ विमानस्थालको क्षेत्रमा खटाउनु पर्ने देखिन्छ । प्रारम्भिक चरणको अध्ययन अनुसार करिब ८ हजार हेक्टरमा निर्माण हुने विमानस्थलको लागि शुरुको चरणमा एक लाख भन्दा कमै रुख काटेर न्यून्तम क्षतिमा विमानस्थल निर्माण गर्न सकिने समेत उनल जानकारी दिए ।

३ सय मिटर चौडाईको रनवेमा ६० मिटर चौडा मात्रै पिचको भागबाट पहिलो रनवे र टर्मिनल बनाई विमानस्थल शुरुवात गर्न सकिने भएकाले विमानस्थल सञ्चालन तथा विस्तारको काम विस्तारै हुँदै गएपनि फरक नपर्ने प्रमुख शर्माको तर्क छ । निजगढ विमानस्थलमा ३ वटा रनवे बनाउने नीति रहेकोमा शुरुमा २४ लाख रुख काटने भ्रम जनता माझ छरिएको भन्दै उनले आपत्ति जनाए । नेपालको लागि अन्तराष्ट्रिय विमानस्थलको सबैभन्दा उपयुक्त ठाउँ हाल निर्माण हुन लागेको निजगढ  भएकोले यसको विकल्प नभएको भन्दै शर्माले सरकार तथा राजनीतिक दल एवं प्रदेश २ सरकारलाई  यस विषयमा गम्भीर बन्न पनि उनले सुझाव दिए ।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले निजगढ विमानस्थाल बनाउन टागियावस्तीलाई उचित मुआब्जा तथा पुर्नवासको लागि उपमहानगरपालिका जिम्मेवारी साथ अघि बढेको जानकारी गराउँदै यस विषयमा स्थानीयको सहमति पनि भइसकेको बताए ।
उनले विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएकोले जितपुरसिमरा उपमहानगरपालिकावासीको सहयोग र सदभाव रहने बताए । होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले विमानस्थलको निर्माण पर्सा, बारा, मकवानपुर, प्रदेश २ र देशकै होटल व्यवसाय तथा पर्यटनको दृष्टिकोणले अति नै महत्व र सकारात्मक आयोजना भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।