logo

विद्युत आपूर्तिमा आउने अवरोध हटाउन पाँच हजार ट्रान्सफर्मर फेरिदै, नयाँ ट्रान्सफर्मर राखेपछि विजुली चुहावट घट्ने विश्वास

    1478   पटक पढिएको

१२ पुस/अर्थ र व्यापार - नेपाल विद्युत प्राधिकरणले उपत्यका लगायतका शहरी क्षेत्रमा विद्युत आपूर्तिमा आउने अवरोध हटाउन पाँच हजार ट्रान्सफर्मर फेर्ने भएको छ । लोडसेडिङ अन्त्यसँगै पूराना ट्रान्सफर्मरले लोड धान्न नसकेपछि बढी क्षमताका नयाँ ट्रान्सफर्मर फेर्न थालेको हो ।

प्राधिकरणका अनुसार लोड धान्न नसकेर पूराना टान्सफर्मरको फ्युज जाँदा विजुली आपूर्ति प्रभावित हुने गरेको थियो । बढी क्षमताको ट्रान्सफर्मर जडान भएपछि विजुली आपूर्ति निरन्तर आउनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हटाएपछि गुणस्तरीय विजुलीका लागि ट्रान्सफर्मर फेर्ने योजना ल्याएका थिए । वितरण प्रणाली सुधारका लागि प्राधिकरणले यो वर्ष एक हजार पाँच सय ट्रान्सफर्मर अपग्रेड गरिसकेकोे साथै यहि आर्थिक वर्ष भित्र पाँच हजार ट्रान्सफर्मर (थप तीन हजार पाँच सय) अपग्रेड गर्ने लक्ष्य रहेको प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले बताए । नाकाबन्दीको बेला ओभरलोडका कारण धेरै ट्रान्सफर्मर जलेका थिए । कतिपय बिग्रिएका ट्रान्सफर्मरहरु पनि मर्मत गर्दै चलाइएको थियो । नयाँ ट्रान्सफर्मर राखेपछि विजुली चुहावट पनि घट्छ ।

ठूलो संख्यामा ट्रान्सफर्मर अपग्रेड गर्दा सबैभन्दा बढी लाभ औद्योगिक क्षेत्रमा पुग्ने उनले बताए । प्रसारण तथा वितरण प्रणाली ओभरलोड हुँदा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले भनेजति विद्युत पाएका थिएनन् भने विद्युत पाएका उद्योगले पनि विभिन्न खाले समस्या झेल्दै आएका थिए । गत वर्ष भन्दा यो वर्ष विद्युत खपत १८ प्रतिशतले बढेको छ । माथिल्लो तामाकोशी लगायतका जलविद्युत आयोजना सञ्चालनमा आउँदा विद्युत खपत बढाउनुपर्छ । विद्युत खपत बढाउनकै लागि वितरण प्रणालीमा सुधार ल्याउन लागिएको न्यौपानेले बताए । ओभरलोडका कारण बत्ती जानेरआउने प्रणालीमा सुधार हुनेछ । ट्रान्सफर्मर अपग्रेड गर्न कम्तीमा २ देखि ३ घण्टा भन्दा बढी समय लाग्ने भएकाले विद्युत आपूर्ति पूर्ण रुपमा अवरुद्ध हुनेछ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।