logo

जनकपुर आइपुग्यो एक अर्ब लागतमा किनिएको नेपालको आफ्नै रेल

    1437   पटक पढिएको

 
३ असोज/अर्थ र व्यापार- रेल विभागले कोकन रेल्वे कर्पाेरेसन लिमिटेडसँग जीटूजी (सरकार टू सरकार) मार्फत खरीद सम्झौता गरेको २ वटा १६०० एचपी डेमु रेल नेपाल आइपुगेको छ ।

विभागले भारत सरकारको मातहतमा रहेको कोकन रेलवे कर्पोरेसनसँग भन्सार शुल्कबाहेक झण्डै ८४ करोड (८३ करोड ९३ लाख ६० हजार) मा २ वटा रेल किनिएको हो । 

नेपालको आफ्नै रेल चलाउने योजनाअनुसार विभागले जीटूजी (सरकार टू सरकार) मार्फत १० मे २०१९ मा रेल खरीदसम्बन्धी सम्झौता गरेको थियो ।  बिहीबार भारतको जयनगर आइपुगेको नेपाली रेल शुक्रबार दिउँसो करिब २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा आईपुगेका हो ।

६ वर्षको प्रतीक्षापछि कुर्था–जनकपुरधाम –जयनगरसम्म रेल गुडाउनका लागि खरिद गरेको रृलको एउटा ट्रेन सेटले एकपटकमा करीब १३ सय यात्रु बोक्छ भने प्रतिघण्टा ११० किलोमिटर कुद्छ । रेलको अगाडि र पछाडि गरी ४ सेट इन्जिन छन् । एउटा रेलमा ५ वटा डिब्बा छन् । एउटा ड्राइभिङ्ग पावर कार, एउटा ड्राइभिङ्ग ट्रेलर कार, २ वटा जेनरल ट्रेलर कार र एउटा एसी ट्रेलर कार छ ।  

दुवै सेट रेल जनकपुरधाम आइसके पनि तत्कालका लागि उद्घाटनको कुनै कार्यक्रम नरहेको विभागका महानिर्देशक बलराम मिश्रले बताए । मिश्रले रेल सेटको सुरक्षाका लागि फेरि भारतको जयनगर स्टेसन नै फर्काइने बताए ।

विसं. १९९४ सालमा इष्ट इण्डिया कम्पनीले नेपालको जंगलबाट काठ लानका लागि कोइलाबाट चल्ने  रेल्वे लाइनको विस्तार गरेको थियो । २०५१ सालदेखि भारत सरकारको सहयोगमा स्टिम इन्जिनयुक्त रेल संचालनमा आएको थियो । न्यारोगेज रेललाइनलाई विस्तार गर्नका भन्दै २०६१ साल माघ महिनादेखि उक्त रेल सेवा बन्द गरिएको थियो ।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेल्वे मार्गमा रेल सञ्चालन ल्याउने तयारीमा विभाग रहेपनि पहिलो चरणमा भने ३५ किलोमिटर रेल सेवा मात्रै सञ्चालन ल्याउने योजना विभागको छ । 
परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर रेलमार्ग तयारी अवस्थामा छ भने दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम भइरहेको छ । तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको योजना छ । 

लामो समयपछि नेपालमा फेरि पनि रेल सञ्चालनमा आउने भएपछि जनकपुरवासीमा खुसियाली छाएको छ । रेलको स्वागत गर्नका लागि जनकपुरधामस्थित प्लेटफर्ममा हजारौँको संख्यामा स्थानीय जम्मा भएका थिए ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।