logo

सिमा क्षेत्रका नेपालीले भारतीय कम्पनीसँग बीमा गराउँदै, रोक्नका लागि समिति कार्य्विधि बनाउँदै

    1139   पटक पढिएको

१७ मंसिर / अर्थ र व्यापार - बीमा समितिले बीमाको पहूँच बृद्धि गर्न घुम्ति कार्यक्रम सञ्चालन गर्ने भएको छ। केही ठाउँमा नमुना कार्यक्रम गरिसकेको समितिले यसलाई निरन्तरता दिँदै प्रभावकारी बनाउन कार्य्विधि समेत बनाउने भएको छ। समितिले जीवन र निर्जीवन बीमा कम्पनीका संगठनहरुसँग यसबारेमा सहकार्य गर्ने छ। दुई संगठन र समितिले ठाउँठाउँमा गएर कार्यक्रम गर्दै बीमा पहूँच बृद्धि गर्ने भएको हो।

समितिले यसै सातासम्म मार्गदर्शन जारी गर्ने छ। ’अब सरोकारवाला सबै मिलेर बीमा जागरणलाई अनिवार्य गरिने छ’ समिति स्रोतले भन्यो, ’बीमा जागरण सीमा क्षेत्रमा ब्यापक रुपमा गरिने छ।’ अहिले पनि नेपालीहरुले थाहा नपाएर भारतीय कम्पनीहरुसँग बीमा गरिरहेका छन्। सीमा क्षेत्रका नेपालीले यसरी गरेको बीमा अवैधानिक हो।

’यो गैरकानुनी काम रोक्न भनेर हामीद्ये सीमा क्षेत्रमा होर्डिङ बोर्ड राख्न सुरु गरेका छौं,’ समितिका अधिकारीहरुले भने, ’अब यसलाई अभियानका रुपमा सञ्चालन गरिने छ। यसमा बीमा कम्पनीका संगठनहरु पन सहभागी हुने छन्।’ 

समितिले सूदुर पश्चिम सरकारले गर्ने लागेको लगानी सम्मेलनबाट औपचारिक प्रचारप्रसार सुरु गर्ने भएको छ। त्यहाँ सीमा क्षेत्रका बासिन्दालाई यस बारेमा बुझाइने ती अधिकारीले बताए।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।