१४ फागुन /अर्थ र व्यापार - नेपाली सेनालाई दैवीप्रकोप उद्धार क्षमता अभिवृद्धिमा नेपालको औपचारिक भ्रमणमा रहनुभएका अमेरिकाका रक्षा सहायकमन्त्री जोसेफ फेल्टरले सहयोग गर्ने बताएका छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापासँग जङ्गी अड्डामा भएको भेटमा उनले नेपाली शान्ति सैन्यले विश्व शान्ति स्थापनामा गरेको योगदानको प्रशंसा गर्दै शान्ति सैन्यका निम्ति पनि नेपाली सेनालाई सघाउने प्रतिबद्धता व्यक्त गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसैबीच प्रधानसेनापति थापासँग यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडीले पनि शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच नेपाली सेना र युरोपेली सङ्घबीचको पारस्परिक सम्बन्धका साथै नेपाली सेनाको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएका निर्देशनालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया