logo

नेपाली बजारमा ८५ प्रतिशत समान भारत र चीनको मात्रै

    1768   पटक पढिएको

२६ असार / अर्थ र व्यापार – नेपाल दुई वटा ठुला मुलुक भारत र चीनको बिचमा अवस्थित छ भन्ने तथ्य सबैलाई जानकारी नै छ । तर नेपालका सन्दर्भमा त्यस्तै अर्काे एउटा तथ्यका बारेमा थोरैलाई मात्रै जानकारी हुन सक्छ, त्यो हो नेपालको बजारमा ८५ प्रतिशत भारतीय र चिनियाँ समानहरुकै कब्जा छ । 

नेपालले १४ वटा मुलुकबाट धेरै समान आयात गर्दै आएको छ । तीमध्ये पनि भारत र चीनबाट मात्रै ८५ प्रतिशत समान आयात हुन्छन् । चालु आवको ११ महिनामा नेपालले ८ खर्ब ९३ अर्ब १० करोडको समान आयात गर्दा भारत र चिनबाट मात्रै ७ खर्ब १ अर्ब ७४ करोड बराबरको समान आयात गरेको हो ।

नेपालले भारतबाट ५ खर्ब ८५ अर्ब १२ करोडको समान आयात गरेको छ भने चीनबाट १ खर्ब १६ अर्ब ६२ करोडको सामान आयात गरेको छ । युएईबाट २७ अर्ब ५५ करोड, फ्रान्सबाट १३ अर्ब २१ करोड, इन्डोनेशियाबाट १० अर्ब ५६ करोड, अर्जे्न्टिनाबाट १० अर्ब १० करोड, थाइल्यानडबाट ९ अर्ब ८६ करोडको आयात भएको छ ।

त्यसैगरी कोरियाबाट ८ अर्ब ८२ करोड, अमेरिकाबाट ७ अर्ब ८१ करोड, साउदी अरबबाट ७ अर्ब ३२ करोड, क्यानडाबाट ७ अर्ब १३ करोड, मलेसियाबाट ७ अर्ब ० दशमलब ३ करोड, भियतनामबाट ६ अर्ब ९० करोड, युक्रेनबाट ६ अर्ब ६२ करोडका समान आयात भएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।