logo

विदेशमा ज्यान गुमाएका नेपालीका परिवारलाई अब ७ लाख क्षतिपूर्ति

    1515   पटक पढिएको

२८ असार / अर्थ र व्यापार –  अब वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतकका परिवारले थप ४ लाख रुपैयाँ पाउने भएका छन् । सरकारले अहिले ३ लाख रहेको मृतकका परिवारले पाउने क्षतिपूर्तिबापतको रकम ७ लाख रुपैयाँ बनाएको हो । 

मन्त्रिपरिषदले ३ लाखको क्षतिपूर्ति रकमलाई बढाएर ७ लाख बनाउने निर्णय गरिसकेको छ । यसै साताभित्र यो निर्णय राजपत्रमा प्रकाशित हुनेछ । राजपत्रमा सूचना प्रकाशित भएकै दिनदेखि यो निर्णय कार्यान्वयनमा जान्छ । त्यसपछि मृतकका परिवारले अहिले बोर्डबाट पाउने भन्दा ४ लाख बढी क्षतिपूर्ति रकम पाउनेछन् ।

अब बीमा र अन्य क्षतिपूर्तिसहित मृतकका परिवारले झण्डै २० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउनेछन् । सरकारले अहिले वैदेशिक रोजगार कल्याणकारी कोषबाट ३ लाख मात्रै क्षतिपूर्ति दिँदै आएकोमा त्यसलाई बढाएर ७ लाख रुपैयाँ बनाइएको हो । अहिले मृतक कामदारका परिवारले बीमा कम्पनीबाट विभिन्न पोलिसी अनुसार १३ देखि १४ लाख रुपैयाँसम्म पाउने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।