logo

आगामी जनवरी १ देखी बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्ने  

    1548   पटक पढिएको

२२ आषाढ/अर्थ र व्यापार– आगामी पुस १७ (जनवरी १) देखी बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्न पाउने भएको छ । 
ने

पाल नागरिक उड्डयन प्राधिकरणले आगामी पुस १७ (जनवरी १) देखी स्विकृत हुने गरी बुद्ध एयरलाई नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्ने अनुमती दिएको हो । 

यसअघि बुद्ध एयरले नेपालगञ्जबाट भारतको राजधानी नयाँ दिल्लीका लागि दैनिक ३ वटा बिहान ६ः३०, दिउँसो १ र साँझ ५ः१० उडान कालागि अनुमति मागेको थियो । 

नेपाल संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले भारत सरकारलाई बुद्ध एयरलाई नेपालगञ्जबाट दिल्ली उडानको लागि पत्राचार गरेको छ । 

दिल्लीमा संसारभरिका एयरलाइन्स र यात्रु पर्यटकहरुको व्यापक आवतजावत हुने तथ्यलाई ध्यानमा राखी बुद्ध एयरले विभिन्न एयरलाइन्सहरुसँग अन्तरदेशिय टिकट विक्री वितरणका लागि इन्टरलाईन र जिडिएस प्रणाली अध्ययन र लागू गर्नकालागि विभिन्न कम्पनीहरुसँग पत्राचार गरेको छ ।

बुद्ध एयरले नेपालगञ्ज–नयाँ दिल्ली उडान गर्ने भएपछि सुदुर पश्चिमको बासिन्दा र त्यहाँको पर्यटनमा टेवा पुग्ने विस्वास गरिएको छ ।सुदुरपश्चिममा बर्दिया निकुञ्ज,  शुक्लाफाँटा निकुञ्ज,  रारा, तिलिचो जस्ता तालतलैयाहरु, हिमश्रंखलाहरु, खप्तड, स्वर्गद्वारी जस्ता पर्यटकिय स्थलहरु रहेका छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।