logo

नेपाल उद्योग परिसंघको अध्यक्षमा सतीश मोर चयन

    1602   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - नेपाल उद्योग परिसंघको १६औं वार्षिक साधारणसभाबाट अध्यक्षमा सतीश मोर चयन भएका छन् । उनी परिसंघमा वरिष्ठ उपाध्यक्ष थिए । वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रावधान छ ।  उनी लक्की ग्रुपका अध्यक्ष हुन् । शिवम सिमेन्टका संचालक रहेका मोर विभिन्न दर्जन उद्योग तथा व्यवसायमा आवद्ध छन् ।

उपाध्यक्षमा अनुज अग्रवाल, विष्णु अग्रवाल, शुलभ अग्रवाल, निर्वाण चौधरी,राजेश अग्रवाल, कृष्णप्रसाद अधिकारी र वीरेन्द्रराज पाण्डे चयन भएका छन् । उपाध्यक्षमा पूर्व बैंकर अनलराज भट्टराईले समेत आकांक्षा राखेका थिए । तर भट्टराईले अरु कुनै पदमा एडजस्ट गर्ने गरि पाण्डेलाई उपाध्यक्षमा ल्याएको हो । 

यी उपाध्यक्षमध्येबाट वरिष्ठ उपाध्यक्षको चयन एक वर्षभित्र गर्नुपर्छ । कार्यसमितिले वरिष्ठ उपाध्यक्ष चयन गरेर गभर्निङ काउन्सिलमा पठाउँछ । गभर्निङ काउन्सिलमा वरिष्ठ उपाध्यक्षमा एकमत नभएमा नेशनल काउन्सिलमा भोटिङका आधारमा चयन हुने प्रावधान छ । परिसंघ स्रोतका अनुसार वरिष्ठ उपाध्यक्षमा अनुज चयन गरिनेछ । यसअघिनै अनुजले आफू भन्दा सिनियर भएकै आधारमा मोरलाई छाडेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।