logo

नेपाल टेलिकमद्वारा कर्पोरेट युजर ग्रुप योजना सार्वजनिक

    1213   पटक पढिएको

१९ जेठ / अर्थ र व्यापार  - नेपाल टेलिकमले न्यूनतम प्याकेज रकमबाट महिनाभरी मोवाइलमा असीमित कुराकानी गर्न सकिने सुविधा ल्याएको छ । कम्पनीले संस्थागत प्रयोगकर्ता समूह कर्पोरेट युजर ग्रुप योजना अनुसार यो सेवा प्रयोग गर्न पाउने जनाएको छ । कम्पनीका अनुसार यसका लागि एउटै संस्थामा कार्यरत कम्तिमा पनि १० जना मोवाइल प्रयोगकर्ता हुनुपर्नेछ । कम्पनीका अनुसार तर सो भन्दा बढी जति पनि संख्याका मोवाइल प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सक्नेछन् ।

समूहमा आबद्ध नम्बरहरु बाहेक नेपाल टेलिकमका अन्य नम्बरहरुमा पनि प्याकेजमा उपलब्ध गराइएको फ्रि रिसोर्सेज (कुराकानी, इन्टरनेट र सन्देश) प्रयोग गरी निशुल्क सुविधा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । सेवा प्रयोग गर्न इच्छुक संस्थाले संस्था दर्ताको प्रमाणपत्रसहितको निवेदन नजिकको दूरसञ्चार कार्यालयमा दर्ता गर्नुपर्ने कम्पनीले जनाएको छ ।

यो सेवामा आबद्धताका लागि प्रत्येक ग्राहकले प्रति महिना आफ्नो मोवाइल नम्बरमा सब्स्क्रिप्सन शुल्क वापत न्यूनतम प्याकेज रकम हुनुपर्ने कम्पनीले जनाएको छ । प्रिपेड मोवाइलमा मात्र उपलब्ध प्रति महिना २ सय रुपैयाँ बराबरको संस्थागत प्याकेज लिएर समूहभित्र महिनाभरि असिमित कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार समूह बाहेकका नेपाल टेलिकमका ल्याण्डलाइन नम्बरहरु, जिएसएम र सिडिएमएका प्रिपेड र पोस्टपेड मोवाइलमा महिनाभरमा ६५ मिनेटसम्म कुराकानी गर्न, १ सय २५ एमबिको इन्टरनेट प्रयोग गर्न र २५ वटा सन्देश पठाउन सकिन्छ।प्रिपेड वा पोस्टपेड दुवै मोवाइलमा ४ सयको संस्थागत प्याकेज लिंदा डेढसय मिनेट कुराकानी, ३ सय एमबिको इन्टरेनट र ५० वटा सन्देश न्यूनतम शुल्कमै प्रयोगमा ल्याउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सातसय रुपैयाँको संस्थागत प्याकेज लिएमा ३ सय मिनेट कुराकानी, ८ सय एमबि इन्टरनेट र सयवटा सन्देश, एकहजार रुपैयाँमा ४ सय ५० मिनेट कुराकानी, १५ सय एमबी डाटा तथा डेढसय वटा सन्देश पठाउन सकिन्छ । १३ सयको संस्थागत प्याकेजमा ६ सय मिनेट कुराकानी, २१ सय एमबी डाटा र २ सयवटा सन्देश तथा १६ सयको संस्थागत प्याकेजमा ७ सय ५० मिनेट कुराकानी, २७ सय एमबी डाटा र अढाईसय सन्देशको सुविधा पाउने कम्पनीले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।