logo

शिक्षक महासंघको घोषित आन्दोलनका कार्यक्रम स्थगित

    1138   पटक पढिएको

१९ मंसिर /अर्थ र व्यापार - नेपाल शिक्षक महासंघले घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । महासंघले मागको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएपछि  आन्दोलनका कार्यक्रम स्थगित भएको घोषणा गरेको हो ।

स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता गर्न कानून संशोधन गर्नुपर्ने, विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने, निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट हुनुपर्ने माग राख्दै महासंघ गत जेठ १७ देखि आन्दोलित छ ।

आफ्ना माग पूरा नभएपछि महासंघले मंसिर २१ मा काठमाडौंमा विरोध प्रदर्शनको तयारी गरेको थियो । तर, सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले यस अघिका घोषित कार्यक्रम स्थगित गरिएको जानकारी महासंघले विज्ञप्ति मार्फत् दिएको छ । महासङ्घका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।