logo

प्राथमिक पूँजीको १० प्रतिशतसम्म ‘व्यावसायिक निरन्तरता कर्जा’ दिन राष्ट्र बैंकको निर्देशन 

    1744   पटक पढिएको


१० मंसिर/अर्थ र व्यापार– राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो प्राथमिक पूँजीको १० प्रतिशतसम्म ‘व्यावसायिक निरन्तरता कर्जा’को लागी कर्जा प्रवाह गर्न परिपत्र जारी गरेको छ । 

गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले स्वीकृत गरेको ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ अनुसार मंगलवार बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा प्रवाह गर्न निर्देशन दिएको हो ।  

सरकारले कोरोनाबाट प्रभावित व्यवसायलाई निरन्तरता दिने उद्देश्यले थप ५० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गर्न लागिएको हो ।

कार्यविधि अनुसार कोभिड महामारीबाट अति, मध्यम र न्यून प्रभावित व्यवसायलाई निरन्तरता दिन सहुलियत ब्याजदरमा कर्जा दिने मापदण्ड तोकेको छ । 

बैंकहरूले कर्जा प्रवाह गर्दा कुल कर्जाको ३० प्रतिशत रकम घरेलु, साना तथा मझौला उद्यमका लागि प्रवाह गर्नुपर्ने छ ।

यस्तो कर्जा प्रवाह गर्दा कर्जा सूचना शुल्कलगायत तेस्रो पक्षलाई भुक्तानी गर्नुपर्ने शुल्कबाहेक अन्य कुनै पनि सेवा शुल्क नलिन राष्ट्र बैंकले निर्देशन दिएको छ । 

राष्ट्र बैंकले यस्तो कर्जाको आवेदन अनलाइन प्रणालीबाट लिनसमेत व्यवस्था मिलाउन तथा  कर्जा प्राप्त गरेका ऋणीहरूको विवरण त्रैमासिक रूपमा वेबसाइटमा समेत प्रकाशित गर्न बैंक तथा बित्तिय संस्थाहरुलाई निर्देशन दिएको छ । 

कार्यविधिमा कर्जा प्राप्त गर्ने व्यवसायीले आफ्ना कर्मचारीलाई कर्जा अवधिभर रोजगारीबाट हटाउन नहुने उल्लेख गरेको छ।

साथै कार्यविधि अनुसार यस्तो कर्जा कर्मचारी वा श्रमिकको तलब भत्ता भुक्तानी र व्यवसायको निरन्तरताका लागि बाहेक बोनस, इन्सेन्टिभ, बिदाको रकम भुक्तानी तथा अन्य कर्जाको ब्याज तिर्ने प्रयोजनमा खर्च गर्न नपाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।