logo

नेपाल राष्ट्र बैंक र सार्वजनिक संस्थानद्वारा सरकारलाई १५ अर्ब ८५ करोड रुपैयाँ लाभांश 

    1225   पटक पढिएको

१८ बैशाख /अर्थ र व्यापार - केही सार्वजनिक संस्थान र नेपाल राष्ट्र बैंकले सरकारलाई चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १५ अर्ब ८५ करोड रुपैयाँ लाभांश दिएका छन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चैत मसान्तसम्ममा सबैभन्दा धेरै नेपाल राष्ट्र बैंकले ९ अर्ब रुपैयाँ लाभांश सरकारलाई दिएको छ ।

कार्यालयले दिएको जानकारी अनुसार यो अवधिमा नेपाल टेलिकमले ५ अर्ब ८५ करोड रुपैयाँ लाभांश सरकारलाई दिएको छ । टेलिकममा सरकारको करिब ९५ प्रतिशत शेयर स्वामित्व छ । टेलिकमले गत आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ खुद नाफा गरेको थियो। त्यसैबाट सरकारलाई नगद लाभांश दिएको हो ।

टेलिकमले सरकारलाई चार किस्तामा लाभांश दिएको थियो । पहिलो किस्ता ३५ करोड, दोस्रो किस्ता १ अर्ब ५० करोड र तेस्रो र चौथो किस्तामा २र२ अर्ब रुपैयाँ लाभांश टेलिकमले दिएको कार्यालयले जनाएको छ ।

राष्ट्र बैंक र टेलिकमबाहेक सरकारले नागरिक लगानी कोष, जनता बैंक र साझा सेवाले पनि थोरै रकम लाभांशका रुपमा सरकारलाई दिएका छन् । सार्वजनिक संस्थानले सरकारलाई उपलब्ध गराउने लाभांश राजस्व खातामा जम्मा हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।