logo

चीनको छेन्दुमा नेपाल प्रवर्द्धन कार्यक्रम, चिनियाँलाई घुम्न आउन निम्तो

    1229   पटक पढिएको

७ पुस / अर्थ र व्यापार - होटलहरूको छाता संगठन होटल संघ नेपालले चीनको छेन्दुस्थित नेपालको पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम गरेको छ। पाँचदिने कार्यक्रममा व्यवसायीले नेपालका पर्यटकीय क्षेत्रबारे चर्चा गर्दै चिनियाँलाई नेपाल घुम्न आउने निम्तो बाँडेका छन् ।

प्रमुख अतिथि चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले भ्रमण वर्षका अवसरमा आयोजित कार्यक्रमले चिनियाँ पर्यटकहरूलाई नेपालबारे अझै बुझाउन सजिलो भएको बताए । करिब १ सय २० जना टुर अपरेटरहरूको उपस्थिति रहेको बी-टु-बी बैठकमा राजदुत पौडेलले चिनियाँ जनतालाई नेपाल भ्रमणको निम्तो दिए । हवाइ र सडक मार्गबाट नेपाल घुम्न जान सजिलो रहेको उनले बताए ।

कार्यक्रमका विशेष अतिथि लेसान नगरपालिकाका उपमेयर लियो के क्वानले चीनका राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणपश्चात चिनियाँ पर्यटकहरूको नेपाल भ्रमणमा आकर्षण रहेको बताए । संघका अनुसार क्वानले चिनियाँ पर्यटकहरूलाई नेपाल घुम्न जान प्रेरित गर्ने आश्वासन दिए । 

कार्यक्रममा संघको अर्द्धवार्षिक साधारणसभा पनि गरिएको थियो । ’नेपाल पर्यटन वर्षको संघारमा रहेको हुँदा चिनियाँ पर्यटकहरुलाई स्वागत गर्न होटल संघ नेपाल आतुर छ,’ महासचिव साजन शाक्यले भने। कार्यक्रममा टुर अपरेटरहरूलाई नेपाल पर्यटनका लागि प्रमुख गन्तव्यको सूचीमा रहेको जानकारी दिँदै भ्रमणका लागि धेरैभन्दा धेरैलाई बुझाउन अनुरोध गरिएको उनले बताए।

संघकी अध्यक्ष सृजना राणाले कार्यक्रमले दुई देश बीचको पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको विज्ञप्तिमा जनाएकी छन्। २० लाख पर्यटक नेपाल भित्र्याउने नेपाल भ्रमण वर्ष २०२० को उद्देश्य प्राप्तिका लागि कार्यक्रमको आयोजनामा संघसँग नेपाल पर्यटन बोर्ड, नेपाल भ्रमण वर्ष सचिवालय तथा चीनस्थित नेपाली दूतावासको सहकार्य गरेका हुन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।