४ भदौ/अर्थ र व्यापार– नेपाल आयल निगमले पेट्रोल, डिजल र हवाइ इन्धनको मुल्यमा फेरि बृद्धी गरेको छ ।
निगम सञ्चालक समिति बैठकले पेट्रोलको एक रुपैयाँ, डिजेलको दुई रुपैयाँ र हवाइ इन्धनको साढे चार रुपैयाले भाउ बढाएको हो । खाना पकाउने ग्यासको भाउ भने यथावत राखेको छ ।
नयाँ भाउ अनुसार पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेल प्रति लिटर ९५ रुपैयाँ पर्नेछ ।
अमेरिकी डलरको भाउ ११२ रुपैयाँभन्दा माथि पुगेको छ । अमेरिकी डलरको भाउ आकासिन थालेपछि निगमले पनि इन्धनको मूल्य बढाएको हो ।
तपाईको प्रतिक्रिया