logo

क्रस बोर्डर रेल सुरु गर्न नेपाल–भारत संयुक्त वर्किङ कमिटीको बैठक काठमाडौंमा  

    1645   पटक पढिएको

२६ आषाढ/अर्थ र व्यापार– क्रस बोर्डर रेल सेवा सञ्चालन गर्नका लागि नेपाल–भारत संयुक्त वर्किङ कमिटी(पिएससी)को बैठक सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।

बैठकमा भारतका तर्फबाट परारष्ट्र मन्त्रालयका सहसचिव नामग्या खाम्पा र नेपालका तर्फबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका वैदेशिक सहायता महाशाखा हेर्ने सहसचिव केशरकुमार शर्मासहितका अधिकारीहरु सहभागी छन् ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले संयुक्त वर्किङ कमिटीको बैठकमा रक्सौल(काठमाडौं रेल परियोजना अघि बढाउने विषयमा छलफल गर्ने तयारी भएको जानकारी दिए ।

नेपाल भारत सीमाक्षेत्रलाई रेलमार्गले जोड्ने उदेश्य राखेर निर्माण गर्ने भनिएका पाँचवटा रेलवे लिङ्कमध्ये दुईवटा रेलवे लिंक सञ्चालन गर्ने विषयमा पनि टुङ्गो लाग्ने बताइएको छ ।

गत चैतमा  प्रधानमन्त्री केपी शर्मा ओलीको  भारत भ्रमणका क्रममा नेपालको राजधानी शहर काठमाडौं र भारतीय सिमावर्ती शहर रक्सौल जोड्ने रेलमार्ग भारतीय आर्थिक र प्राविधिक सहयोगमा निर्माण गर्ने सम्झौता भएको थियो ।

सोही समय दुवै देशका प्रधानमन्त्रीका बीचमा नेपालसंग परामर्श गरेर भारतले एक बर्ष्भित्र यो रेलमार्गको सर्भे गर्ने सम्झौता भएको थियो ।

थप अध्ययन र विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) र मोडालिटी दुबै पक्ष बसेर टुङ्गो लगाउने निर्णय भएको थियो ।
जनकपुर –जयनगर  र बथनाहा–जोगवनी विराटनगर रेलवे सञ्चालन विषयमा छलफल गरेर टुङगो लगाउने रेल विभागले जनाएको छ ।

जयनगर –जनकपुर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेकाले यो रेलमार्गमा रेल सञ्चालन गर्ने विषयमा समेत छलफल हुने विभागका सिडिई उपाध्यायले जानकारी दिए । 

६९ किलोमिटर लामो यो रेलमार्ग आगामी असोजसम्म तयार हुने विभागको दाबी छ । बजेट मार्फत सरकारले ५० करोड रुपैयाँ रेलको डिब्बा र इन्जिन खरिदका लागि छुट्याइसकेको छ ।

रेल अर्डर गर्नुपर्ने र खरिद प्रक्रिया समय लाग्ने भएकाले तत्कालका लागि भाडामा भारतीय रेल चलाउने विषयमा समेत छलफल गरिने विभागले जनाएको छ । 

वर्किङ कमिटिको बैठक प्रत्येक ६–६ महिनामा बस्ने गर्छ । यस अघि उक्त कमिटीको बैठक भारतको राजधानी नयाँ दिल्लीमा बसेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।