logo

नेपालको हुलाकी राजमार्ग प्रगतितर्फ

    3606   पटक पढिएको

२५ जेठ / अर्थ र व्यापार-हुलाकी राजमार्ग तराई–मधेसको ‘लाइफ लाइन’ मानिएको छ जसको प्रगति पछिल्लो अवधिमा उत्साहजनक देखिएको छ । विगत ७० वर्षदेखि निर्माण हुने प्रक्रियामा थन्किएर बसेको यस आयोजनाले पछिल्लो वर्र्ष्दिनमा गति लिन सुरु गरेको हो ।

 यो अवधिमा पहिलो चरणमा निर्माण हुनुपर्ने ५ सय १८ किलोमिटरमध्ये ४ सय ५८ किलोमिटरको ठेक्का सम्झौता भएको छ । ६० किलोमिटरको वीरगन्ज ठोरी सडकबाहेक सबै सडकको भने ठेक्का लाग्न बाँकी नै छ । यसअघि नै पहिलो चरणमा लम्की टीकापुर खक्रौला र सती भजनी सडक (६७ किलोमिटर) सम्पन्न भइसकेको छ । पहिलो चरणमा सम्पन्न गर्नुपर्ने कुल सडक लम्बाइ ५ सय ८५ किलोमिटर रहेको छ ।

यस्तै, दोस्रो चरणमा निर्माण गर्नुपर्ने सडकको पनि विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेको छ । दोस्रो चरणमा अहिले १ हजार १ सय ५२ किलोमिटर सडक रहेको छ । सबै सडक खण्डहरूको निर्माण पूर्वतयारी करिब सम्पन्न भइसकेको छ । त्यसबाहेक भौतिक उपलब्धिका रूपमा ३० किलोमिटर सडक ‘सब बेस’ गर्ने चरणमा पुगेको छ भने ५ वटा पुल निर्माण सम्पन्न भएका छन् । तिनमा खाडो, माहुली, नहरक्रसिङ, मोर्निया नाला र तेलार पुल रहेका छन् ।

हुलाकी राजमार्गको लम्बाइ पूर्व–पश्चिमतर्फ ९ सय ७५ किलोमिटर रहेको छ भने सहायक राजमार्ग (तराईका जिल्ला सदरमुकामदेखि पूर्व–पश्चिम राजमार्ग जोड्ने उत्तर–दक्षिण)तर्फ ८ सय १७ किलोमिटर रहेको छ । पहिलो र दोस्रो चरणमा निर्माण हुने हुलाकी राजमार्गका सडकबाहेक करिब ५५ किलोमिटर सडक भने अन्य निकायले पनि निर्माण गरिरहेका छन् । नेपाल र भारत सरकारको अनुदान सहयोगमा निर्माण हुँदै गरेको आयोजना पछिल्लोपटक सन् २०१० देखि निर्माण थालेर २०१५ मा सम्पन्न गर्ने योजना थियो । तर, यो अवधिमा ६७ किलोमिटर मात्र निर्माण भएको थियो ।

६ वटा खण्डमा विभाजन गरेर भारतीय निर्माण व्यवसायीले जिम्मा लिएको भए पनि निर्माण अवधिमा कुनै काम नगरी बसेका थिए । त्यसपछि सन् २०१६ देखि भारतीय कम्पनीसँगको सम्झौता रद्ध गरिएको थियो । अहिले अधिकांश ठेक्का नेपाली निर्माण व्यवसायीले लिएका छन । 

हुलाकी राजमार्ग आयोजनाले पूर्वमा झापा केचनादेखि पश्चिममा कञ्चनपुर दोधारा चाँदनीसम्मको भूभाग ओगटेको छ । यो राजमार्ग निम्न जिल्ला भएर जान्छ– झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर ।

हुलाकी राजमार्ग आयोजनाले अर्थ मन्त्रालयसँग थप ५० करोड रुपैयाँ माग प्रक्रिया थालेको छ । चालू आर्थिक वर्षमा यस आयोजनालाई ४ अर्ब १७ करोड ५६ लाख रुपैयाँ बजेट छ । त्यसमध्ये १ अर्ब ७७ करोड ५९ लाख भारत सरकारको अनुदान रकम रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।