logo

गुणस्तर तथा नापतौल विभागद्वारा ९ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण

    1430   पटक पढिएको

१८ बैशाख /अर्थ र व्यापार
नेपाल गुणस्तर तथा नापतौल विभागले नौ नयाँ सामग्रीको नेपाल गुणस्तर निर्धारण गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा मङ्गलबार मन्त्रालयमा बसेको नेपाल गुणस्तर परिषद्को १००औँ बैठकले नौ सामग्रीमा नेपाल गुणस्तर निर्धारण गरेको हो ।

विभागले नेपाली हातेकागज, विद्युतीय सामग्री सुरक्षासम्बन्धी साधारण आवश्यकता, इन्डक्सन चुल्हो उपयोगितासम्बन्धी आवश्यकता, विद्युतीय हर्टप्लेट, प्रयोगशालासम्बन्धी मापदण्ड, हार्डकोल एण्ड कोकलगायतका सामग्रीमा गुणस्तर निर्धारण गरेको हो । नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक एवं नेपाल गुणस्तर परिषद्का सदस्यसचिव विश्वबाबु पुडासैनीले गुणस्तर निर्धारणसँगै सामग्री प्रयोगमा सहज हुने जानकारी दिए । विभागले हालसम्म विभिन्न ९३३ वस्तुलाई नेपाल गुणस्तर निर्धारण तथा नेपाल गुणस्तर चिह्न प्रदान गरेको छ । विभागले गुणस्तर चिह्न प्रदान गरिएका वस्तु उत्पादन गर्दा गुणस्तरविपरीत उत्पादन गरे कारवाहीसमेत गर्ने गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।