logo

सरकारका लागि राष्ट्र बैंकद्धारा १० अर्बको विकास ऋणपत्र जारी

२ खर्ब २५ अर्ब आन्तरिक ऋण लिँदै सरकार

    1501   पटक पढिएको


१९ असोज/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले सरकारका लागि आन्तरिक ऋण उठाइ दिने क्रममा २०८४ सालमा परिपक्व हुने ’विकास ऋणपत्र’ जारी गरेको छ । 

आन्तरिक ऋण उठाइ दिने क्रममा राष्ट्र बैंकले २०८४ सालमा परिपक्व हुने १० अर्बको विकास ऋणपत्र जारी गरेको हो । 

१० अर्ब रुपैयाँको ऋणपत्रको ब्याज दर भने बोलकबोलको माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ । यसमा बैंक तथा वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थाका साथै सर्वसाधारण सहभागी हुन पाउनेछन् ।

चालु बर्ष २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारीमा सरकार छ । सरकारले गत साताबाट आन्तरिक ऋण उठाउन सुरु गरीसकेको छ ।

सरकारका लागि राष्ट्र बैंकले कात्तिक मसान्तसम्म ५७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइ दिँदैछ । यसमध्ये राष्ट्र बैंकद्धारा गत असोज १२ गते नै २० अर्ब उठाइसकेको छ । 

कात्तिकसम्म उठाउने कुल ५७ अर्बमध्ये ५० अर्ब विकास ऋणपत्रबाट उठाइने छ । बाँकी ७ अर्ब ट्रेजरी बिलमार्फत उठाइने छ । ३६४ दिने ट्रेजरी बिल असोज २६ गते तीन अर्ब र कात्तिक चार गते ४ अर्बको जारी गरिने छ ।  


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।