logo

जापानमा अगष्ट २५ र २६ मा नेपाल फेस्टिबल हुने

    4926   पटक पढिएको

२२ श्रावण / अर्थ र व्यापार- जापानमा बिगत १० बर्ष देखि आयोजना हुँदै आएको ११ औं नेपाल फेस्टिबल आगामी अगष्ट २५ र २६ तारिखमा टोकियोको सेतागाया कु स्थित कोमाजावा ओलम्पिक पार्कमा आयोजना हुने भएको छ । नेपाल फेस्टिवल एनआरएनए जापान र नेपाली राजदुतावासको संयुक्त  आयोजना र जापानस्थित सम्पूर्ण संघ–संस्थाको सहआयोजनामा हुने नेपाल फेस्टिवल–२०१८ का संयोजक तथा एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष देविलाल भण्डारीले अर्थ र व्यापारलाई वताए ।

नेपाल र नेपालीको पहिचानको पर्व नेपाल फेस्टिवलको आन्तरिक तथा प्रशासनिक तयारी पूरा भई सकेको आयोजकले जनाएको छ । यसपटकको नेपाल फेस्टिवल विगतको भन्दा फरक र बिशेष रुपमा सम्पन्न गर्ने तयारी आयोजकको छ । फेस्टिवलमा नेपाल आईडल लाईभ शो, नेपालको पर्यटन प्रवर्धनमा काम गरिरहेको जापानिज संस्था नेपाल टुरिजम प्रमोसन एसोसीएसन्को प्रत्यक्ष सहभागिता र सोही संस्थाले फेस्टिवलमा नेपाल चिनाउने, बौद्धनाथ स्तुप, स्टेजको पछाडी स्क्रिनमा लगातार नेपाल सम्बन्धि जानकारी दिने सन्देश मुलक भिडियो तथा बायोग्राफÞीहरु प्रदर्शन हुने फेस्टिवलका संयोजक भण्डारीले वताए ।

नेपाल फेस्टिवलले नेपाल र नेपालीको कला,संस्कृति, भेषभूषा,खाना र पर्यटकिय सौन्दर्यताको प्रचार संग नेपालको पर्यटन प्रबद्र्धन गर्ने आयोजकको अपेक्षा छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।