logo

नेपाल विद्युत् प्राधिकरणद्वारा १४० उद्योगलाई ठूला ग्राहकको रूपमा विशेष सेवा शुरु

    1263   पटक पढिएको

११ माघ /अर्थ र व्यापार  - हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १४० उद्योगलाई ठूला ग्राहकको रूपमा राखेर विशेष सेवा शुरु गरेको नेपाल विद्युत् प्राधिकरण विद्युुत् वितरण केन्द्रको कार्यालय हेटौँडाले जनाएको छ ।

उक्त कार्यालयले उद्योगहरूको रिमोट मिटर रिडिङ गर्ने गरेको र रिमोट मिटर रिडिङका लागि आवश्यक तयारी पूरा गरेर बिल भुक्तानीसमेत शुरु गरेको बताइएको छ । सिम कार्डको आधारमा सिम कार्डलाई नेटसँग जोडेर रिमोट मिटर रिडिङ हुने गरेको छ ।
उक्त प्रणालीको जडानले मिटर रिडिङका लागि उद्योगमा धाउन नपर्ने बताइएको छ । पहिला लोडसेडिङको समस्या थियो तर अहिले त्योे पूर्णरुपमा हटेको छ ।

प्राधिकरणको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने अभियानमा लागेको कार्यलय प्रमुख शम्भु कुसियतले बताउनुभयो । विद्युत् महसुलवापत मासिक रु १७ करोड राजश्व सङ्कलन गरिरहेको कार्यालयले आफ्नो सेवालाई ग्राहकमुखी एवं प्रविधिमैत्री बनाउँदै लगेको प्रमुख कुसियतको भनाइ छ ।

उक्त एप्स डाउनलोड गरी विद्युत् प्राधिकरणको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिनेछ । सो कार्यालयअन्तर्गत ५३ हजार विद्युत् ग्राहक रहेका छन् । कार्यालयमा ई–सेवामार्फत मासिक चार हजार ग्राहकले बिल भुक्तानी गरिरहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।