logo

विद्युत् प्राधिकरणका कर्मचारी ट्रेड युनियनको बैशाख १९ गते चुनाव हुने

    1959   पटक पढिएको

१८ वैशाख /अर्थ र व्यापार - नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी ट्रेड युनियनहरुको वैशाख १९ मा निर्वाचन हुने भएको छ । कर्मचारीहरु चुनावमा व्यस्त भएपछि एक दिन विद्युत काउन्टर बन्द गरिने भएको छ । निर्वाचनमा नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन, नेपाल विद्युत प्राधिकरण कर्मचारी कल्याण परिषद र नेपाल विद्युत कर्मचारी संघ गरी ३ वटा संगठन मैदानमा उत्रिएका छन् । कर्मचारी युनियन नेकपानिकट कर्मचारी संगठन हो भने नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्यण परिषद् राप्रपा र नेपाल विद्युत् कर्मचारी संघ कांग्रेसमा आस्था राख्ने कर्मचारीहरुको संगठन हो । तीनवटै संगठनको नेतृत्व क्रमशः रामेश्वर पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन भट्टराईले गरेका छन् ।

कार्यरत कर्मचारीले देशका विभिन्न ८ स्थानबाट मतदान गर्ने व्यवस्था प्राधिकरणले मिलाएको छ । प्राधिकरण आधिकारिक ट्रेड युनियन निर्वाचन अधिकृतको कार्यालयका अनुसार, काठमाडौं, विराटनगर, हेटौंडा, जनकपुर, पोखरा, वुटवल, नेपालगञ्ज र अत्तरियालाई मतदान केन्द्र तोकिएको छ । यिनै मतदान केन्द्रबाट कर्मचारीहरुले मत जायर गर्नेछन् ।

बिजुली अड्डामा कार्यरत देशभरका कर्मचारीलाई निर्वाचन लाग्दा सेवा प्रवाहसमेत प्रभावित बनेको छ । निर्वाचनकै कारण बिहीबार देशभरका काउन्टर बन्द गर्ने निर्णय प्राधिकरणले गरेको छ । यद्यपि, यसबाहेकका अन्य सेवा प्रवाह भने यथावत सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।