logo

विद्युत प्राधिकरणद्वारा इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकलाई ७ दिनभित्र पोलभाडा सम्झौता गर्न सूचना जारी

    1292   पटक पढिएको

२० असार / अर्थ र व्यापार- इन्टरनेट तथा केबल टिभी सेवा प्रदायकलाई नेपाल विद्युत प्राधिकरणले सात दिनभित्र पोलभाडा सम्झौता गर्न सूचना जारी गरेको छ । एडिएसएस अप्टिकल फाइबर केबल सेवा सञ्चालन निर्दे्शिका २०७३ अनुसार इन्टरनेट, टेलिफोन तथा केबल टिभी सेवा प्रदायकहरुले प्राधिकरणको पोलरटावर प्रयोग गर्न अनिवार्य रुपमा पोलभाडा सम्झौता गर्नुपर्ने उल्लेख छ। अहिले सम्म पनि पोलभाडा सम्झौता नगर्ने सेवा प्रदायकले असार २६ गतेभित्र सम्बन्धित स्थानीय वितरण केन्द्रमा गएर सम्झौता गर्न प्राधिकरणले सूचना जारी गरेको हो।

सेवा प्रदायकले प्रयोग गर्ने पोलको संख्या, तारको मोटाई (कोर) खुल्ने गरी सेवा सञ्चालनको स्वीकृति लिन र अहिलेसम्म बाँकी रहेको पोलभाडा बुझाउन प्राधिकरणले ताकेता गरेको हो। स्वीकृति नलिइ सेवा दिने कम्पनीलाई नियमअनुसार कारबाही गर्ने प्राधिकरणले उल्लेख गरेको छ। गत चैत्र मसान्त सम्म पोलभाडा सम्झौता गर्न इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेकोमा एनसेलले मात्र पोलभाडा सम्झौता गरेको थियो। नेपाल टेलिकमले सम्झौताको लागि तयार भएपनि अहिलेसम्म टुंगो भने लागेको छैन।त्यही बेलामा अरु सेवा प्रदायकले भने सम्झौंता नगर्ने अडान राखेका थिए। प्राधिकरणले तार काट्ने चेतावनीपछि इन्टरनेट सेवा प्रदायकको संस्थाले राजनीतिक दबाब सिर्जना गरेपछि यो मुद्दा केही पछि सरेको थियो।

प्राधिकरणले नयाँ निर्दे्शिका अनुसार तारको मोटाई अनुसार प्रति किलोमिटर प्रति महिना एक हजार दुई सय, एक हजार नौ सय र दुई हजार सात समय रुपैयाँ सम्म भाडा तय गरेको थियो। सेवा प्रदायक कम्पनीले भने भाडा ५०० प्रतिशतसम्म वृद्धि गरिएको भन्दै तिर्नै नसक्ने दावी गर्दै आएका छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।