logo

वित्तीय सूचना अनलाइन मिडियामा प्रकाशन गर्न पाउने व्यवस्था गर्न इम्सनको माग

    1348   पटक पढिएको

२३ फागुन/ अर्थ र व्यापार  - बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपाललाई इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले भेटगरि मिडिया क्षेत्रले भोग्दै आएका समस्याहरुबारे अवगत गराएको छ । साथै पाठकहरु अनलाइन मिडियातर्फ केन्द्रीत हुँदै गएकोले वित्तीय सूचनाहरु अनलाइन मिडियाहरुमा प्रकाशन गर्न पाउने व्यवस्था गर्न इम्सनले माग गरेको छ ।

इम्सनले मुलुकमा आर्थिक गतिविधि बढाउन इकोनोमिक मिडियाहरुको विशेष भूमिका रहेकोले राज्यको नीतिले त्यस्ता मिडियाहरुलाई न्यायोचित व्यवहार गर्न नसकेको विषय अवगत गराएको हो । इम्सनका अध्यक्ष रामकृष्ण पौडेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विशेष गरी पाठकहरुसम्म छिटो छरितो सूचना प्रवाह गर्ने सशक्त माध्यम बनेका अनलाइन मिडियाहरुको आवश्यक र महत्व बढेकोले यस्ता मिडियामैत्री सरकारी नीति बन्नुपर्नेमा जोड दिएको छ ।

वित्तीय साक्षरता वृद्धि गर्न, वित्तीय बजार विस्तारमा सघाउन इकोनोमिक मिडियाको ठूलो भूमिका रहेकाले यस्ता कार्यक्रम संचालन गर्दा बैंक तथा वित्तीय संस्था र इकोनोमिक मिडियाबीच सहकार्य हुनुपर्नेमा इम्सनले जोड दिएको छ । साथै, अनलाइन मिडिया डोमेन दर्ता तथा नविकरण गर्दा, होस्टिङ गर्दा लाग्ने विदेशी मुद्रा उपयोगमा भइरहेको असुविधाप्रति ध्यानाकर्षण गराएको छ ।

भेटघाटको क्रममा गर्भनर नेपालले इकोनोमिक मिडियाहरुको आवश्यक र महत्व आफूले बुझेको बताउँदै यस्ता मिडियाहरुको समस्या समाधानका लागि राष्ट्र बैंकले सहयोग गर्ने बताए । उनले मिडियाहरुमा आधार र प्रमाणविना सत्यहिन समाचार प्रकाशित गर्ने प्रवृत्ति रहेको सुनाउँदै यसमा सुधार गरी स्वस्थ र व्यवसायिक ढंगले अघि बढ्न जरुरी रहेको बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।