logo

वस्तु विनिमय बजार सञ्चालन गर्न आवेदन दिएका ५ वटा कम्पनी अयोग्य ठहर

    1692   पटक पढिएको

९ बैशाख /अर्थ र व्यापार - धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न आवेदन दिएका ५ वटा कम्पनीलाई एक वर्षपछि अयोग्य भएको जनाएको छ । बोर्डका अनुसार यसअघि वस्तु विनिमय बजार सञ्चालनका लागि आवेदन दिएका कमोडिटी फ्यूचर एक्सप्रेस (सिएफएक्स),नेपाल कमोडिटी एनसीडीएक्स), नेपाल मर्कन्टाइल (नेक्स), राइजल कमोडिटी (आरसीडीएक्स) र मल्टी डेरिभेटिभ एक्सचेन्ज (एमडेक्स) अयोग्य भएका छन् ।

बोर्डका अनुसार वैशाख २ गते सोमबार बसेको बोर्ड बैठकले आवेदन दिएका ५ कम्पनीलाई अयोग्य घोषणा गर्दै आवेदन रद्द गर्ने र नयाँ दुई वटा कम्पनीको लागि मात्र आवेदन माग्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार यति बेला बोर्ड नयाँ आवेदन माग्ने दुई कम्पनीका लागि मापदण्ड तयारी गर्ने कार्यमा जुटेको छ । बोर्डको प्रवक्ता निरज गिरीले नयाँ कम्पनीको आवेदन खुलाउँदा कसरी खुलाउने भनेर मापदण्ड बनाउन बोर्ड जुटिरहेको बताए ।

अहिले पुराना ५ वटा कम्पनी पूर्ण खारेज भएर नयाँ कम्पनीको लागि आवेदन खोली नसकेको र नयाँ कम्पनी खोल्नका लागि मापदण्ड निर्माण गर्ने कार्य भइरहेको बताए । केही दिनमा नै बोर्डले सबै कुरा सार्वजनिक गर्ने उनको भनाई छ । बोर्डले यसअघि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक वासुदेव अधिकारीलाई आवेदन दिएका ५ कम्पनीको अध्ययन गर्न जिम्मेवारी दिएको थियो । अधिकारीले दिएको अध्ययन प्रतिवेदन अनुसार ५ वटा कम्पनीको आवेदन रद्द गरी नयाँ कम्पनीसँग आवेदन माग्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

बोर्डमा आवेदन दिएका कम्पनीमध्ये योग्यलाई समयमा नै बजार सञ्चालनका लागि अनुमति नदिएका कारण अहिले नयाँ आवेदन माग्नु पर्ने अवस्था आएको जानकारहरुले बताउन थालेका छन् । बोर्डको गैर जिम्मेवारी पनका कारण आवेदन दिएका कम्पनीहरुको आवेदन खारेज हुने अवस्था आएको जानकारहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।