logo

नेपाल–चीन जोड्ने तातोपानी नाका आजदेखि सञ्चालनमा

    1262   पटक पढिएको

१४ जेठ /अर्थ र व्यापार - तातोपानी नाका मंगलबार (आज) देखि सञ्चालनमा आएको छ । मंगलबार बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो । ती कन्टेनर बुधबार काठमाण्डौ आइपुग्ने जनाइएको छ । सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी मंगलबार बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश गराइएको हो ।

गोरखा भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो । अहिले पनि मितेरीपुलको निर्माण भैरहेको छ । नेपाल–चीन जोड्ने मितेरी पुल निर्माणको काम भैरहेकाले अस्थायी चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकबाट नै कन्टेनर गएका चीनतर्फ गएका हुन् ।
चार वर्षसम्म ओइलाएको तातोपानी नाका अब नयाँ स्वरुपमा स्थापित हुँदैछ । भूकम्पपछि आएको पहिरोले क्षतिग्रस्त बनेको लिपिङ र तातोपानी क्षेत्रका सडक पुनःनिर्माण भइसकेको छ । 

नेपाल सरकारको पटक–पटकको आग्रह पछि चीन रणनीतिक महत्वको नाका खोल्न तयार भएको हो । बुधबार तिब्बतको खासाबाट ऊन बोकेका कन्टेनर नेपाल प्रवेश गर्ने छन् । ऊन बोकेका ती ट्रकको नेपाली व्यवसायीले स्वागत गर्नेछन् । सम्भवत बुधबार मितेरी पुलबाट नै कन्टेनर नेपाल प्रवेश गराइने सम्भावना पनि रहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।