logo

नेपाल वायुसेवा निगमको जहाज असार १९ गतेदेखि जापानको लागी उड्ने

    1432   पटक पढिएको

१५ बैशाख /अर्थ र व्यापार - नेपाल वायुसेवा निगमको जहाज अब जापानको लागी उड्ने भएको छ । निगमले जापानको नागरिक उड्डयन व्यूरोबाट विभिन्न प्रकारका भाडादर स्वीकृतिको अनुमति पाएको छ । निगमले अब जहाज अवतरणको पनि अनुमति पाउने र जापान उड्ने भएको छ । वायुसेवा निगमले दिएको जानकारी अनुसार निगमलाई ४५ दिन भित्र उडान अनुमति दिने गरी प्रक्रिया अगाडि बढाएको थियो ।

सो अनुसार तीन सातामा पहिलो चरणको अनुमति दिएको र अब फेरि यसको उडान प्रक्रिया अनुसार जहाज अवतरणको अनुमति दिने छ । यो अनुमति पनि अब छिट्टै आउने भएकोले निगमले आगामी असार १९ अर्थात जुलाई ४ बाट जापान उडान गर्ने भएको छ । वायुसेवा निगमको वाइडबडी जहाजले लामो गन्तव्यको उडान अनुमति नपाँउदा न्यारोबडीको छोटै गन्तव्यमा उड्दै आएको थियो । अब भने निमगले लामो गन्तव्यमा अर्थात वाइडबडी जहाजको भरपूर उपयोग गर्ने गरी उडान गर्न सक्छ । 

निगमको जहाजले हाललाई सातामा तीन वटा जापान उडान गर्दै छ । त्यसपछि आवश्यकता अनुसार थप गर्न र जापानको अर्को सहरमा जान पनि प्रयास गर्ने छ । हाल निमगले जापानको नागरिक उड्डयन व्यूरोबाट स्वीकृत गराएइसकेको छ ।अब निगमले काठमाडौंबाट जापान न्युनतम ४५ हजार रुपैयाँमा नै उडान गर्ने भएको छ । निगमले  गर्ने यस्तो उडानमा दुईतर्फी भने ८० हजार रुपैयाँसम्म हुने भएको छ । विभिन्न प्रकारका भाडादर भएपनि निगमले यो न्युनतम दरमा अब नेपालीले काठमाडौंबाट सीधै जापान जान पाउने जानकारी निगमले दिएको छ ।  

निगमले एक वर्षको प्रयासपछि काठमाडौं–ओसाका सीधा उडान अनुमति पाएको उल्लेख छ । यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने छ । निगमले जापानबाट पाएको यो अनुमतिपछि अब काठमाडौंको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओसाकास्थित कन्साई अन्तराष्ट्रिय विमानस्थलमा नियमति उडान गर्ने भएको छ । निगमले गत असार १० गते र साउन १४ गते भित्र्याएको दुईवटा २७४ सिट क्षमताको वाइडबी विमानलाई अब भने लामो दूरीको गन्तव्यमा पालैपाले उडान गर्नेछ । निगमले जापानको अर्को गन्तव्य नारितामा पनि उडान अनुमतिको प्रयास जारी राखेको छ । यो वायुसेवाले जापानको नागरिक उड्डयन व्युरोबाट उडान अनुमति पाएसँगै अब उडान तालिका सार्वजनिक गर्ने भएको छ । निगमले यही मे १ देखि दिल्लीमा सातामा ३ वटा उडान थप गरेर दैनिक दुईवटा बनाउँदै छ ।

जापानमा वाइडबडी मात्रै जाने र यसले अहिले पूर्णक्षमतामा उड्न नपाएकाले यसैको क्षमतलाई उपयोग गरिने छ । यो विमानस्थलमा उडान गर्दा निगमको वाइडबडीले दैनिक १५ घण्टा उडान गर्नेछ । वायुसेवा निगमले ओसाकामा जाने अनुमति पाएसँगै १२ वर्षपछि फेरि जापान जाने भएको छ । निगमले सन् १९९४ को डिसेम्बर ३० देखि सन् २००७ को अप्रिल १२ सम्म नियमित गरेको उक्त उडान वाइडबी जहाजमार्फत सातामा तीनवटा उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको वायुसेवा निगमले जानकारी दिएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।