logo

पुरानै गन्तव्यमा सीमित उडान भर्दै आएको नेपाल वायु सेवा निगमद्वारा चैत भित्र थप चार देशमा उडान शुरु गर्ने तयारी

    1332   पटक पढिएको

६ पुस /अर्थ र व्यापार 
नेपाल वायु सेवा निगमले आउँदो चैत भित्र थप चार देशमा उडान शुरु गर्ने तयारी गरेको छ । निगमले साउदी अरेबिया, कोरिया, जापान र चीनमा उडान गरेको तयारी गरेको हो । यसमध्ये पहिले जापानमा उडान शुरु गर्ने गरी तयारी भइरहेको निगमले स्रोतले जानकारी दियो ।

ओसाकामा फागुन मध्यमै उडान थाल्ने गरी तयारी भइरहेको र चैत मसान्त सम्म दुई ठाउँमा शुरु भइसक्ने स्रोतले बताएको छ । निगमले जापानको ओसाका र चीनको ग्वान्जाउलाई प्राथमिकता राखेर तयारी गरिरहेको छ । यी दुई गन्तब्यमा चैतभित्रै उडान शुरु गरिसक्ने स्रोतको दाबी छ । बजार बुझ्न, मुल्याकंन गर्न कर्मचारी खटाइसकेकोले तयारी तीव्र  प्रक्रियामा अगाडि बढाइएको साथै जिएसए छनोट कार्य भइरहेको , निगमका एक अधिकारीले बताए ।

करोडौं खर्चेर भित्र्याइएका वाडइबडी जहाजले नयाँ गन्तब्य नपाएपछि निगमले बजार हिस्सासमेत गुमाउँदै गएको छ । असारमा भित्र्याइएको एयरबस वाइडबडी ए–३३० ले समेत नयाँ गन्तब्य पाएको छैन । यसले पुरानै गन्तव्यमा सीमित उडान भर्दै आएको छ । निगमले बोइङ ७५७, एयरवस ३२० र वाइड बडी ए ३३० मार्फत विभिन्न सेक्टरमा दैनिक औसत ५.५७ उडान गर्दै आएको छ ।

निगमका अनुसार नयाँ दिल्लीमा हप्तामा १०, दोहा र दुबईमा समान सात उडान तथा हङकङ, क्वालालम्पुर, बैंकक, मुम्बई र बेंग्लोरमा हप्तामा समान तीन उडान गरी जम्मा ३९ उडान गर्दै आएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।