logo

नेपाल वायुसेवा निगमद्वारा असार ३० गतेदेखि काठमाडौं–दिल्ली दैनिक तीन उडान भरिने

    1420   पटक पढिएको

१२ असार / अर्थ र व्यापार - असार ३० गतेदेखि नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली दैनिक तीन उडान गर्ने भएको छ । जेट एयरवेज बन्द भएपछि निगमले काठमाडौं–दिल्लीमा उडान थप गरेको हो । निगमका प्रवक्ता नवराज कोइरालाले असार ३० गतेबाट निगमले साताकै २१ उडान गर्ने बताए।उनका अनुसार उडानका लागि स्लट अप्रुभ भइसकेको छ । अहिले निगमले दैनिक दुई उडान गर्दै आएको छ । जेट बन्द भएपछि काठमाडौं – दिल्लीको हवाई भाडादर ४० हजार रुपैयाँसम्म पुगेपछि निगमले उडान थपेको हो ।

यसैगरी दुई महिना अघि दैनिक एउटा उडान गर्दै आएको भारतको बजेट वायुसेवा कम्पनी इन्डिगोले जुलाईदेखि दैनिक तीन उडान गर्ने भएको छ।यसअघि कम्पनीले दैनिक दुई उडान गरिरहेको थियो ।

जेट एयरवेज बन्द भएपछि काठमाडौं–दिल्ली उडानका लागि फ्लाइट फ्रिक्वेन्सी बढेपनि डिमाण्ड बढ्दो छ । काठमाडौं–दिल्ली उडान गर्दै आएको एयर इण्डियाले भने उडान थप्ने कुनै योजना बनाएको छैन।हाल नेपाल वायुसेवा निगम, इन्डिगो, एयर इण्डिया, ड्रुक एयर, भुटान एयर लगायतले काठमाडौं–दिल्ली उडान गर्दै आएका छन्।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।